गायक सत्यराजलाई ‘साढे ७’


१४ माघ २०७४, आईतवार
7

काठमाण्डौं, १४ माघ : थ्रीलर ड्रामा ‘साढे ७’ को दोस्रो अफिसियल ट्रेलर रिलिज भएको छ । राजनीतिक आन्दोलन रिपोर्टिङका लागि तराई पुगेको फोटो पत्रकारको भौतिक र मनोवैज्ञानिक द्धन्द्धलाई ट्रेलरले मुख्य रुपमा उतार्न खोजेको छ । दोस्रो ट्रेलरमा पनि मुख्य पात्र सत्यराज आचार्य फिचर्ड छन् ।7

सत्यसँगै मेनुका प्रधान, सुनिल थापा, कामेश्वर चौरासिया, सुप्रिया कट्वाल, शिशिर बाङ्देल कलाकारको अभिनय रहेको छ । फिल्ममा साम्तेन भुटियाको लेखन तथा निर्देशन रहेको छ । फिल्म फागुन ११ गते रिलिज हुने जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७