२०७७ असार २८ गते आइतबारको तपाईको राशिफल


२८ असार २०७७, आईतवार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज उमङ्ग र उत्साहमा कमी आउने छ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । स्वास्थ्यको ख्याल गर्नु पर्ला, अतः बढी सचेत रहनुहोला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । शुभकार्यको चर्चा चल्ने छ । पेसा व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । दबाब र तनाव बढेको महसुस होला । कार्य सम्पादनमा समस्या र झमेला बेहोर्नु पर्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
मनमा उत्साहका साथै बोली विक्ने समय छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्ने छ । कसैकसैका लागि सन्तान प्राप्तिको योग छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज मनले चाहेको खानेकुरा पाइने छ । परिवारजनको साथले नयाँ आशा पलाउने छ । अध्यात्मको भावना जाग्न सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । आफन्तको संगतले फाइदा हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको काम सम्पादन हुन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शुभकार्यको चर्चा चल्ने छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । धार्मिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । आफन्तसँग भेटघाट हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ । सबैले तपाईंको काममा कुनै न कुनै माध्यमबाट सहयोग गर्नेछन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज सामाजिक कार्यप्रति मन जानेछ । जटिल ठानिएको काम समेत सम्पादन हुनसक्छ । प्रतिस्पर्धामा राम्रो सफलता मिल्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । आज परिवारसँग समय बित्ने, माया बढ्ने छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज लाभदायक योजना बन्ने छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने छ । नोकरी गर्नेले मान सम्मान पाउने छन् ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७