कोरोना संक्रमित ऐश्वर्या राय छोरीसहित अस्पताल भर्ना


३ श्रावण २०७७, शनिबार
aishwara raya ijQCI9er70

मुम्बई, ३ साउन । पाँच दिनअघि कोरोना संक्रमण पुष्टि भएकी बलिउड अभिनेत्री ऐश्वर्या राय र उनकी छोरी आराध्यालाई अस्पताल भर्ना गरिएको छ ।

उनीहरुलाई मुम्बईस्थित नानावटी अस्पतालमा भर्ना गरिएको हो । शनिबार राती बलिउड महानायक अमिताभ बच्चन र उनका छोरा बलिउड अभिनेता अभिषेक बच्चनलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुलाई पुष्टि भएको भोलिपल्ट ऐश्वर्या र आराध्यालाई पनि संक्रमण पुष्टि भएको थियो ।

अमिताभ र अभिषेक शनिबारै नानावटी अस्पतालमा भर्ना भएका थिए । तर ऐश्वर्या र आराध्यालाई भने त्यसको एकदिन पछि आइतबार कोरोना संक्रमण पुटि भएको खबर बाहिरिएको थियो ।

उनीहरुमा कोरोना लक्षण नदेखिएका कारण घरमै क्वारेन्टिनमा राखिएको थियो । तर अहिले ऐश्वर्यामा केही लक्षण देखिएकोले आमाछोरी नै अस्पताल भर्ना भएका हुन् । अस्पताल प्रशासनका अनुसार उनीहरुको अवस्था सामान्य रहेको र उपचार सुरु गरिएको जनाएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७