फूलचोकी जाँदा बेपत्ता भएका विद्यार्थी ६ दिनपछि सकुशल भेटिए


१७ माघ २०७४, बुधबार
jun tamg

काठमाडौं: हाइकिङका लागि फूलचोकी जाँदा बेपत्ता भएका विद्यार्थी ६ दिनपछि भेटिएका छन् । ललितपुरको धसिखेलको अजय शिक्षा सदनमा अध्ययन गर्ने १७ वर्षीय विद्यार्थी जोन तामाङ ६ दिनपछि फूलचोकीको जंगलमा सकुशल भेटिएका हुन् ।jun tamg

अहिले उनको उद्दार गर्न प्रहरी र अभिभावकको टोली त्यसतर्फ गएको छ । अभिभावक संघका पूर्वअध्यक्ष सुप्रभात भण्डारीले अहिले जोनलाई लिन प्रहरीसहितको टोली त्यसतर्फ गएको बताए ।

‘जंगलमा झोक्राइरहेको अवस्थामा विद्यार्थी फेला पारिएको सूचना आएपछि हामी त्यसतर्फ जाादैछौं’, उनले भने । उनको खोजीमा नेपाल प्रहरी, नेपाली सेना र अभिभावकको टोली खटिएको थियो ।

गत बिहीबार विद्यालयका प्रिन्सीपल दुर्गाबहादुर ओलीसहित ११ जना विद्यार्थी हाइकिङमा गएकोमा फर्किने क्रममा उनी बेपत्ता भएका थिए । फुलचोकी डाँडामा गत बिहीबार हाइकिङ गएका कक्षा ५ र ६ का ११ जना विद्यार्थीमध्ये कक्षा ६ मा अध्ययनरत जोन तामाङ हराएका हुन्। फुलचोकी शिखरमा पुगेर ओरालो झर्दा उनी हराएका हुन्। विद्यार्थीसँगै स्कुलका प्राचार्य दुर्गाबहादुर ओली पनि हाइकिङ गएका थिए। रमाइलो गर्दै फर्केका उनीहरूले गोदावरी झरेपछि मात्रै तामाङ छुटेको थाहा पाएका थिए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७