एनआईसी एशिया बैंकको होम लोन ४८ घण्टामा नै दिने


२२ श्रावण २०७७, बिहीबार
1596636487Nic Asia Loan Steps p01 min 1

काठमाडौं, साउन २२ । एनआईसी एशिया बैंकले सर्वाधिक न्यूनतम ब्याजदर तथा प्रशासनिक शुल्कमा होम लोन उपलब्ध गराउँदै आएको छ।

‘सुपर चमत्कारिक घर कर्जा’ मार्फत ग्राहकले वार्षिक ८.२५ प्रतिशत ब्याजदर तथा मात्र ०.२५ प्रतिशत प्रशासनिक शुल्कमा आफ्नो ‘सपनाको घर’ बनाउन सक्ने बैंकको दाबी छ। बारम्बार कर्जाको ब्याजदर परिवर्तन हुने समस्यालाई पनि सम्बोधन गर्दै यस ‘सुपर चमत्कारिक घर कर्जा’ मा पहिलो एक वर्षसम्म कर्जाको ब्याजदर परिवर्तन नगर्ने बैंकले जनाएको छ ।

यस योजनाबाट ग्राहकहरूले एक पटक निर्धारण भइसकेको ब्याजदर एक वर्षसम्म कुनै किसिमको हेरफेर नहुने प्रतिबद्धता समेत गरेको छ । दोस्रो वर्ष पश्चात् भने बैंकको आधार दरमा प्रिमियम थप्दा हुन आउने ब्याजदर वार्षिक ८.२५ प्रतिशतसम्म भएमा सोही कायम रहनेछ । अन्यथा, आधार दरमा नै कर्जाको ब्याजदर कायम हुने व्यवस्था गरिएको छ ।

बैंकले एक वर्ष ब्याज परिवर्तन नहुने र दोस्रो वर्ष पछि हुने कर्जाको व्यवस्थालाई ऋणीहरुको अफर लेटरमा उल्लेख गरी ग्राहक महानुभावलाई उपलब्ध गराउने बैंकले जनाएको छ ।
यस योजना अन्तर्गत ग्राहकहरुले अधिकतम रू। १ करोड ५० लाखसम्म कर्जा लिनका लागि आवेदन दिन सक्ने व्यवस्था रहेको छ । यसभित्र अधिकतम रू।५० लाखसम्मको ओभरड्राफ्ट सुविधा समेत लिन सकिने बैंकले जनाएको छ ।

साथै यस योजना बाहेका ग्राहक महानुभावलाई बैंकले रू।१ करोड ५० लाखभन्दा माथिको घर कर्जा आवश्यक परेको अवस्थामा समेत बैंकले त्यस्ता ग्राहकहरुलाई सिमित समयको लागि आधार दरमै घर कर्जा उपलब्ध गराउने समेत बैंकले प्रष्ट पारेको छ ।

बैंकबाट कर्जा प्राप्त गरेपछि मासिक रुपमा किस्ता बैंकलाई भुक्तानी गर्नुपर्छ । आफ्नो आयको अवस्था घटबढ हुँदा ऋणीलाई पर्न सक्ने आर्थिक भारलाई कम गर्नका लागि एन आई सी एशिया बैंकले फिक्जिबल इएमआइ मार्फत ऋणीलाई नै वार्षिक रुपमा आफ्नो किस्ता आफै निर्धारण गर्ने सुविधा समेत उपलब्ध गराएको छ ।

ग्राहकहरुले आजको आफ्नो वित्तीय क्षमता तथा भविष्यमा आफुलाई उपलब्ध हुने आयस्रोतको आधारमा वार्षिक रुपमा आफ्नो मासिक किस्ता रकम आफै निर्धारण गर्न सक्ने गरी उपलब्ध गराएको सुविधालाई इएमआइ भनिएको हो । यस अन्तर्गत ग्राहकहरुले एक वर्षको लागि आफ्नो इएमआइ निर्धारण गर्न सक्नेछन् । सो एक वर्षको

अवधि समाप्त भएपश्चात् पुनः आफ्नो वित्तीय स्रोत तथा भविष्यमा आउने आयस्रोतको आधारमा आफ्नो इएमआइ निर्धारण गर्न सक्नेछन् । उदाहरणको लागि कुनै कर्जाको हाल सामान्य अवस्थामा इएमआइ रू। १५,००० लाग्ने किस्तामा ग्राहकले आफ्नो आयस्रोतको अवस्था हेरी ब्याज रकम तथा केही साँवा रकम तिर्ने गरी रू।१०,००० हुने भएको खण्डमा आफुले भुक्तान गर्न सक्ने रकम उक्त अवधिमा तिर्न सक्नेछन् र दोस्रो वर्षमा रोजगारीको तथा अन्य आम्दानीमा थप बृद्धि भई आयस्रोत बढेमा हाल कायम गरेको रू।१०,००० किस्तालाई बढाएर रू।२०,००० समेत पुर्याउन सकिने गरी फिक्जिवल इएमआइ को व्यवस्था बैंकले गरेको छ ।

सामान्य अवस्थामा उक्त कर्जा रकममा ब्याज तथा किस्ता रकम हिसाब गरेर निश्चित रकम मासिक रुपमा भुक्तानी लिने गरी बैंकले ऋणीसँग समझदारी गरेको हुन्छ । तर एन आई सी एशिया बैंकले ल्याएको यो नयाँ योजनाअनुरुप सम्बन्धित ऋणीले आफुले तिर्न सक्ने किस्ता रकम वार्षिक रुपमा हेरफेर गर्न सकिने विशेषताका ग्राहक समक्ष ल्याएको छ ।

नेपालका अन्य बैंक तथा वित्तीय संस्थामार्फत घर कर्जा उपभोग गरिरहनुभएका महानुभावहरूले एन आई सी एशिया बैंकको असिमित सुविधाले भरिएको ‘सुपर चमत्कारिक घर कर्जा’ मा आफ्नो कर्जा स्थानान्तरण सजिलै गर्न सकिने बैंकले जनाएको छ। यस कर्जा अन्तर्गत आफ्नो कर्जा स्थानान्तरण गरी आफ्नो आर्थिक भारलाई न्यून गर्न सक्ने गरी यो योजना आगाडी ल्याएको बैंकले जनाएको छ ।

बैंकले न्यूनतम ५ वर्ष देखि अधिकतम ३० वर्षका लागि कर्जाको समयावधि कायम गरेको छ । कर्जा लिनको निमित्त बैंकमा आउनुहुने ग्राहकहरुलाई बैंकले आवश्यक प्रक्रिया पुर्‍याएर ४८ घण्टाभित्रै कर्जा दिने निर्णय गरेको छ।

घर बनाउनका साथै अपार्टमेन्ट खरिद, जग्गा खरिदका लागि यो लोन पाइने बैंकको लोन विभागले जनाएको छ। साथै, कर्जा पूर्ण रुपमा भुक्तानी तथा आशिंक चुक्ता गर्दा बैंकले कुनै किसिमको शुल्क नलिने पनि बैंकले घोषणा गरेको छ।

पहिलो पटक घर खरिद÷निर्माण गर्दाको हकमा धितोको बजारमूल्यको ७० प्रतिशतसम्मको कर्जा सुविधा बैंकले दिनेछ । सुपर चमत्कारिक घर कर्जा सँगै एन आई सी एशिया बैंकले वार्षिक ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्कमै सुपर चमत्कारिक व्यवसाय कर्जा र सुपर चमत्कारिक सवारी कर्जा पनि उपलब्ध गराएको जनाएको छ ।

सवारी कर्जा अन्तर्गत २ करोडसम्मको कर्जा सुविधा १५ वर्ष सम्मको लागि लिन सकिने छ । उक्त कर्जा जुनसुकै ब्रान्डका रातो नम्बर प्लेटका निजी, व्यवसायिक, विद्युतीय सवारी सधन खरिदका लागि उपलब्ध रहेको बैंकले जनाएको छ ।

रातो नम्बर प्लेटका सेकेन्ड ह्यान्ड सवारी साधनको लागि पनि उक्त कर्जा लिन सकिन्छ । त्यस्तै नयाँ व्यवसाय सुरु गर्न वा पुरानो चलिरहेको व्यवसायलाई विस्तार गर्नको लागि सुपर चमत्कारिक व्यवसाय कर्जा उपलब्ध गराएको बैंकले जनाएको छ । धितो मूल्यांकनको शत प्रतिशतसम्म र अधिकतम १ करोडसम्म कर्जा लिन सकिने बैंकले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७