प्रचण्डले भने-‘प्रतिक्रियावादीहरु धेरै सल्बलाए, केही दिन भित्रै पार्टी एकता गर्छाैं’


१८ माघ २०७४, बिहीबार
puspa kamal dahal

काभ्रे, १८ माघ : माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले केही दिनमा पार्टी एकता हुने बताएका छन् ।

puspa kamal dahal

काभ्रेको महाभारत गाउँपालिका बिहीबार जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभा सांसदहरुलाई सम्मान गर्न आयोजित गरेको कार्यक्रममा एमाले र माओवादीबीच केही दिनमै पार्टी एकता हुन लागेका उनले बताएका हुन् ।

उनले वाम एकता नहुँदा प्रतिक्रियावादीहरु सल्बलाएको समेत बताए । ‘एकता रोक्न प्रतिक्रियावादीहरु सल्बलाएका छन्, हामी केही दिनमै पार्टी एकता गरेर नयाँ संदेश दिन्छौं’, उनले भने, ‘ यो देशलाई ७० वर्षदेखि अहिलेसम्म यस्तै प्रतिक्रियावादीहरुले अगािड बढ्न दिएको छैन्, अब उनीहरुको उनीहरुको योजना सफल हुन दिदैनौं ।’
यसैबीच प्रचण्डले प्रदेश नं. ३ को राजधानी काभ्रेमै हुनसक्ने बताएका छन् । अहिलेको सरकारले तोकेको राजधानी अस्थायी भएको भन्दै प्रचडले आवश्यकता अनुसार प्रदेशसभा सरकारले काभ्रेमै राजधानी बन्न सक्ने बताए ।
कार्यक्रममा एमाले नेता तथा सांसद गोकुल बास्कोटासहित काभ्रेबाट विजयी भएका प्रतिनिधिसभा र प्रदेशसभा सांसदहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७