स्वराजसँग भेटेपछि उपेन्द्रको बोली उल्टियो, भने : ‘अब सम्बन्ध सुध्रियो’


१९ माघ २०७४, शुक्रबार
up

काठमाण्डौं, १९ माघ : विगतमा नेपाल–भारत सम्बन्ध अझै राम्रो हुन नसकिरहेको बताउँदै आएका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको बोली एकाएक फेरिएको छ । up

भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गरेपछि उनले नेपाल–भारत सम्बन्ध अब राम्रोसँग अघि बढ्ने बताएका छन् । उनले स्वराजबीच सरकार गठनअघिका विषयमा छलफल भएको जनाएका छन् । शुक्रबार बिहान सोल्टी होटलमा भएको छलफलमा चुनावपछिको अवस्थाका बारेमा छलफल भएको उनले बताए । करीब आधा घण्टा भएको छलफलबाट बाहिरिंदै यादवले छलफलमा चुनावपछिको अवस्था, सरकार गठनलगायतका विषयमा छलफल स्वराजले जानकारी लिएको प्रतिक्रिया दिएका छन् । यादवले भने– ‘छलफल सकारात्मक भएको छ । अब नेपाल र भारतको मित्रता राम्रोसँग अघि बढ्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७