रोल्पाको लुङ्ग्रीमा पहिरोले गोठ पुर्दा दाजुभाइको मृत्यु


२७ भाद्र २०७७, शनिबार
Pahiro ugdKCBKjrl

रोल्पा, २७ भदौं । रोल्पाको लुङ्ग्री गाउँपालिका–१ पाँङ ऐपेमा पहिरोले घर पुर्दा दुई बालकको ज्यान गएको छ ।

घरमाथिबाट झरेको पहिरोले घर र गोठ पुरिंदा ज्ञानसिंह घर्तीमगरका ११ वर्षका छोरा युवराज घर्ती र ८ वर्षका छोरा अमर घर्तीको ज्यान गएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय सुलीचौरबाट प्रहरी निरीक्षक सहदेव डाँगीसहितको टोली घटनास्थलमा पुगेर उद्धारको काम गरिरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक शंकर खड्काले बताए ।

हजुरबुवा, हजुरआमा र आमासहित पाँच जना सुतेकामध्ये ३ जनाको अवस्था सामान्य छ । मृतकका बुवा भने रोजगारीका लागि भारतमा रहेको लुङ्ग्री गाउँपालिका १ का वडाध्यक्ष मोती पुनले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७