कामना सेवाद्वारा व्यावसायिक यातायात तथा अटोरिक्सा कर्जामा ब्याज छुट


१ आश्विन २०७७, बिहीबार
kamana sewa bikas bank

काठमाडौं, १ असोज । कामना सेवा विकास बैकले स्वरोजगारको लागि अटो रिक्सालिएका न्यून आयका भएका ऋणीलाई बैंकको हालसम्म साँवा तथा ब्याज बक्यौता चुक्ता गरेमा भाद्र महिनाको ब्याजमा शतप्रतिशत छुट दिने जनाएको छ ।

यातायात व्यवसायीहरुलाई समेत सम्पूर्ण बक्यौता चुक्ता भुक्तान गरेमा भाद्र महिनाका पाकेको ब्याजमा ३० प्रतिशतले छुट दिने योजना ल्याएको छ ।

व्यावसायिक प्रयोजनको लागि हायर पर्चेज कर्जा तथा अटो रिक्सा कर्जामा बैंकले पुनः भाद्र महिनाको ब्याजमा छुटको योजना समेत ल्याएको छ ।

साथै आफ्नो सम्पूण बक्यौता चुक्ता भुक्तान गर्ने यातायात व्यवसायी तथा अटो रिक्सा व्यवसायीलाई ब्याजदरमा परिमार्जन गरी यस त्रैमासको ब्याजदर ९.९९ प्रतिशत कायम गरिने समेत बैंकले जनाएको छ । यो योजनाले यातायात व्यवसायी र न्यून आय भएका अटो रिक्सा व्यवसायीहरुले अधिकतम लाभ प्राप्त गरीव्यवसाय सञ्चालनमा थप सहजता हुने समेत बैंकले विश्वास लिएको छ ।

कोभिड–१९ को कारण देशको समग्र अर्थ व्यवस्थामा नराम्रो प्रभाव पारेको र विशेष गरी यसबाट यातायात व्यवसाय सबैभन्दा बढि प्रभावित भएको भन्दै ब्याजमा बैंकले भारी छुट दिदै आएको छ । बैंकले यातायात व्यवसायीहरुलाई श्रावण महिनाको ब्याजमा ५० प्रतिशत तथा होटल तथा रेष्टुरेण्ट व्यवसायीहरुलाई श्रावण महिनाको ब्याजमा ७० प्रतिशत छुट दिइ कोभिड–१९ बाट प्रभावित व्यवसायीहरुलाई सहुलियत दिइसकेको छ ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको यस बैंकले देशका विभिन्न भागहरुमा १२४ वटा शाखा तथा ६६ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । बैंकले एबिबिए, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, सि–एएसबिए, अनलाइन बैकिङ लगायतका माध्यमबाट सम्पूर्ण बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७