‘हिमचितुवा’को रूपमा परिचित शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि {भिडियाे}


७ आश्विन २०७७, बुधबार
RoS Ktm20200923IMG 20824051 scaled

काठमाडौं, ७ असोज । ‘हिमचितुवा’को रूपमा परिचित विश्व कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । विनाअक्सिजन १० पटकसम्म विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका शेर्पाको बौद्ध पराम्परा अनुसार टेकु दोभानमा अन्त्येष्टि गरिएको हो ।

मन्त्रिपरिषद्को मङ्गलबारको बैठकले स्व शेर्पालाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । सोहीअनुरुप सरकारका तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले शेर्पा गुम्बा बौद्धमा रखिएको शेर्पाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गरे । पर्यटन विभागका महानिर्देशक, उच्च सरकारी अधिकारी, वरिष्ठ पर्यटन व्यवसायीलगायतले शेर्पाप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

सोमवार बिहान १० बजे जोरपाटीमा ७२ वर्षको उमेरमा निधन भएका शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्येष्टि गर्ने निर्णय मंगलवारको मन्त्रिपरिषद्ले गरेको थियो । सो क्रममा मन्त्री भट्टराईले इतिहास रच्न सफल शेर्पाको योगदान सदैव स्मरणीय रहने बताए ।

विनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङरिता शेर्पाको सोमवार निधन भएको थियो । सोलुखुम्बुको थामेमा जन्मिएका शेर्पा ‘हिमचितुवा’को रुपमा चिनिन्नछन ।

सोलुखुम्बुको थामेमा जन्मिएका शेर्पाले सन् १९८३ देखि सगरमाथाको आरोहण शुरु गरेका थिए । सन् १९९६ मा बिनाअक्सिजन सगरमाथामा पाइला टेकेका शेर्पाको त्यो अन्तिम आरोहण थियो । शेर्पाले सगरमाथा मात्रै नभई बिना अक्सिजन नै पाकिस्तानको माउन्ट केटु तथा नेपालका चोयु, मनास्लु, ल्होत्से, अन्नपूर्ण, धवलागिरिलगायत दर्जनौँ हिमालको आरोहण गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७