नव नियुक्त तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ, आजै पदभार ग्रहण


२९ आश्विन २०७७, बिहीबार
RoS Ktm IMG 64984 scaled

काठमाडौं, २९ असोज । नव नियुक्त तीन मन्त्रीले आज (बिहीबार) पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

RoS Ktm IMG 64982

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रीमा सिफारिस गरेका विष्णु पौडेलले अर्थमन्त्रीको, कृष्णगोपाल श्रेष्ठ सहरी विकासमन्त्रीको र लीलानाथ श्रेष्ठले महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्रीकोे पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

RoS Ktm IMG 64981

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार बिहान शीतल निवासमा तीनै जनालाई मन्त्रीको शपथ गराएकी हुन् ।

शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री ओली, सभामुख अग्निप्रसाद सापकोटालगायतको उपस्थिति रहेको थियो । शपथ लगत्तै आजै मन्त्रीहरुले पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७