‘परिणाम देखिने’ काम गर्ने शहरी विकासमन्त्रीको प्रतिवद्धता


२९ आश्विन २०७७, बिहीबार
Gopalman shrestha minister

काठमाडौं, २९ असोज । नव नियुक्त शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले परिणाम देखिने गरी काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

मन्त्रालयको पदभार ग्रहणपछि पत्रकारहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले ठोस परिणाम देखिने गरी आफूले काम गर्ने प्रतिवद्धता जनाएका हुन् ।

मन्त्रालयमा लामो समयदेखि जिम्मेवारीमा रहेका राज्यमन्त्री रामवीर मानन्धरसँग मिलेर परिणाम देखिने गरी कार्यसम्पादन गर्ने उनले बताएका हुन् ।

प्रतिकूलतासँग झस्केर बर्वाद भयो भनेर कहिले पनि निराश नबन्ने उल्लेख गर्दै उनले प्रतिकूलताभित्र अनुकूलता सिर्जना गरिने कामको परिणाममा आफूले विश्वास गर्ने उनले बताए । उनले कुरा भन्दा पनि काम र परिणामलाई विश्वास दिने पनि बताए ।

श्रेष्ठले आज विहान पद तथा गोपनियताको सपथ लिएका थिए । शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट श्रेष्ठसँगै विष्णु पौडेल र लिलानाथ श्रेष्ठले पनि पद तथा गोपनियताको सपथ लिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७