फूलपातीको दिन ‘लक्ष्मी पूजा’ रिलिज हुँदै


६ कार्तिक २०७७, बिहीबार
1 5

काठमाडौं, ६ कार्तिक । कार्तिक ७ अर्थात् फूलपातीको दिन पारेर शुक्रबारबाट फिल्म ‘लक्ष्मी पूजा’ डिसहोम, म्याक्स टिभी, नेट टिभी, भिया टिभी र मेरो टिभीबाट रिलिज हुँदैछ । सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा समिर मियाँको निर्देशन तथा शोभित बस्नेतको निर्माण छ ।

पारिवारिक कथामा आधारित रहेर निर्माण गरिएको फिल्ममा जयकिशन बस्नेत, जाहान्वी बस्नेत, अस्मिता जुरेली, नीर शाह र बाल कलाकार आयुषी ढकालको अभिनय रहेको छ । फिल्ममा सलोन बस्नेत र रियाशा दाहाल विशेष भूमिकामा छन् ।

निर्माता शोभितका अनुसार फिल्ममा जाहान्वी दोहोरो भूमिकामा छिन् । ‘फिल्मको टिजरमा पनि दर्शकहरुले जाहान्वीलाई दोहोरो भूमिकामा देखिनु हुन्छ । टिजरमा केही सस्पेन्स लुकाइएको छ, त्यो सस्पेन्स थाहा पाउन फिल्म हेर्नै पर्ने हुन्छ’, निर्माता शोभितले भने ।

फिल्ममा विपिन आचार्यको संगीत, दयाराम पाण्डेको गीत, केदार भुषालको लेखक, रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व र जयकुमार दर्लामीको छायांकन रहेको छ । यसअघि फिल्मको टिजरसँगै ‘फुर फुर पुतली’ र ‘जिन्दगी’ बोलको गीत सार्वजनिक भइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७