सुशान्त मृत्युको चार महिनापछि नयाँ खुलासा : ‘आत्महत्या होइन हत्या, एक मन्त्री जेल जान सक्छन्’


१२ कार्तिक २०७७, बुधबार
sushanta rajput 1562020020839 1000x0 1

नयाँदिल्ली, १२ कार्तिक । भारतीय अभिनेता सुशान्त सिंह राजपुत मृत्यु प्रकरणमा नयाँ–नयाँ कुरा बाहिर आउने क्रम जारी नै छ ।

सुशान्तको मृत्युको चार महिनाभन्दा बढी समयपछि भारतका एक सांसदले सुशान्तले आत्महत्या गरेको नभई उनको हत्या भएको दाबी गरेका छन् । भारतीय जनता पार्टी (भाजपा) बाट सांसद नारायण राणेले भनेका छन्, ‘सुशान्तले आत्महत्या गरेका होइनन्, उनको हत्या भएको हो । त्यस बखत सुशान्तका घरमा एक जना मन्त्री समेत थिए ।’

भारतीय पत्रिका दैनिक भास्करका अनुसार सुशान्त मृत्यु प्रकरणमा महाराष्ट्र मन्त्रिमण्डलका एक जना मन्त्री जेल जान सक्ने दाबी उनले गरेका छन् । उनले अगाडि भनेका छन्, ‘मसँग प्रमाण छन् र जुन म सीबीआई (केन्द्रीय अनुसन्धान ब्युरो) लाई मात्र दिन्छु ।’

एक न्युज च्यानललाई अन्तर्वार्ता दिँदै सांसद राणेले घटना भएको रात केही मान्छे सुशान्तको घर पुगेको दाबी गरेका छन् । अभिनेता सुशान्त गत जुन १४ तारिख आफ्नै निवासमा पंखामा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।

शुरुमा प्रहरीले यसलाई आत्महत्या भने पनि सुशान्तका बुबाले शंका गर्दै उजुरी दिएपछि मुम्बई तथा बिहार प्रहरी, सीबीआई, एनसीबी (लागुऔषध घटना अनुसन्धान गर्ने निकाय) लगायत विभिन्न निकायले अनुसन्धान गरिरहेका छन् ।

यस क्रममा सुशान्तकै प्रेमिका रिया चक्रवर्तीलगायत धेरै जनासँग प्रहरीले बयान लिइसकेको छ । कतिपय तारिखमा छुटेका छन् भने कतिपय पक्राउ पर्ने क्रम जारी छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७