नेपाल लाइफको गीत मार्फत तिहारको शुभकामना (भिडियो)


२७ कार्तिक २०७७, बिहीबार
Singer photo

काठमाडौं, २६ कार्तिक । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सांगितिक माध्यमबाट तिहारको शुभकामना दिएको छ । नजिकिन्दै गरेको हिन्दुहरुको दोस्रो महान् चाड तिहारको नेपाल लाइफले बुधबार गीत सार्वजनिक गर्दे सांगतिक भिडियो मार्फत शुभकामना दिएको हो ।

मार्मिक र हृदयस्पर्शी शब्दहरुलाई ‘इनहाउस टिम’ले गीतको संगीत संयोजन गरेका छन् । गीतमा नेपालीहरुको घर आँगन भिmलीमिली बत्ती र फूलै फूलले रंगिदै गएको छ । स्वर्गझैँ सुन्दर नेपालका पूर्व, पश्चिम, उत्तर, दक्षिण सबैतिर स्वतन्त्र भएर नाच्दै गाउँदै सबै रमाऊँ लगायतको शब्दहरु संमावेश रहेको छ ।

गीतमा मनोरञ्जनसँगै तिहारको महिमा, बीमा सम्बन्धी सचेतनामा समेत संमावेश गरेको छ । ‘बीमा गर्न जरुरी छ, किनकि जीवन अमूल्य छ’ भन्ने जनचेतनासमेत फैलाउने प्रयास गरिएको छ ।

संगीत मेघेन्द्रप्रकाश गिरी, सम्पन्न सिंह महर्जन, राजीव डीसी र कृपेश लोहनीको रहेको छ भने अरेन्जरमा कृपेश लोहनी र अभिषेक थापाले गरेका छन् ।

त्यस्तै, हिमाल, पहाड, तराईदेखि नै नेपाल लाइफको झण्डा फहराई कर्मचारी, अभिकर्ता सबैले एक जुट भएर ‘बीमा गर्न जरुरी छ, किनकि जीवन अमूल्य छ’ अभियानलाई अघि बढाउँदै सेवा दिन पनि आह्वान गरिएको छ ।

आफू शिक्षित र समृद्ध हुन तथा सन्ततिको उज्ज्वल भविष्यका लागि नेपाल लाइफमै जीवन बीमा गरी सन्ततिको भविष्य पनि उज्ज्वल बनाउन उक्त गीतमार्फत सुझाएको छ ।
गीतको शब्द नेपाल लाइफको मेघेन्द्रप्रकाश गिरीको रहेको छ । भने स्वर उनीसँगै सम्पन्न सिंह महर्जन, राजीव डीसी र सुशीला लमगडले देउसी–भैलो भाकामा गाएमा छन् ।

यो गीतको भिडियो पनि उत्कृष्ट बनेको कम्पनीले जनाएको छ । शब्दहरुलाई न्याय गर्ने गरी भिडियो तयार गरेकाले तिहारको माहोललाई अझ झिलीमिलि बनाउन थप टेवा पुर्याउने छ ।

गीतको भिडियोमा मेघेन्द्र प्रकाश गिरी, सनबहादुर मगर, गोकुलबनन्द झा, राजिब डिसि, सम्पन्न सिहं महर्जन, आस्मा सिग्देल, प्रसंसा बस्नेत, टिकाराम भटई, सुसिला लामगडे लगायतको कर्मचारीहरुले अभिनय गरेका छन् ।

महान् चाड तिहारमा सम्पूर्ण नेपालीलाई मनोरन्जन प्रदानका साथै बीमा गर्नुपर्छ भन्ने जनचेतना पनि सम्पूर्ण नेपालीसमक्ष पुग्ने विश्वास कम्पनीले लिएको छ ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७