२०७७ कार्तिक २९ गते शनिबारको तपाईको राशिफल


२९ कार्तिक २०७७, शनिबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
रमाइलो समय छ । मानसम्मान प्राप्त हुनेछ । तर, आतिथ्य खर्चिलो बन्नेछ । लोकाचारका लागि भोगविलासका वस्तु जुटाउनु पर्ला । आफन्तबीच आत्मीयतामा कमी आउने समय छ । यात्राको प्रक्रियाले खर्च बढाउन सक्छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । आफ्नै प्रयासले अधिकार स्थापित गर्न सकिनेछ । व्यापारलगायत आर्थिक लाभ हुने काममा फाइदा हुनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ । मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
केही अवसर प्राप्त भए पनि कामको मेसो नमिल्दा व्यवहारमा पछि परिनेछ । अरूका लागि बुद्धि खर्चनुपर्ला । स्वास्थ्य कमजोर रहनेछ । सम्भावना देखिए पनि उपलब्धि हातपार्न बढी श्रम गर्नुपर्ला । कमजोर नतिजा सच्याउन काम फेर गर्नुपर्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
फाइदा हेर्दा नाम बिग्रन सक्छ । तापनि, आज अरूलाई दिने नभई भित्र्याउने समय छ । दिएको धनमाल पछि आफैंलाई आवश्यक पर्न सक्छ । पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ । परिस्थितिअनुसार निर्णय लिन नसक्दा काममा पछि परिनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ । उद्योग र व्यापारमा फाइदा हुनेछ । प्रतिस्पर्धीहरूलाई सजिलै पछि पार्न सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मिहिनेत परे पनि सोचेको नतिजा हातलागी नहुन सक्छ । आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन् । अध्ययनतर्फ धेरै समय जुट्न नसकिएला । समयमा वचन पुर्याउन नसक्ता आलोचित भइनेछ । द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन् । ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ । आकर्षक उपहारले उत्साह जगाउनेछ । विभिन्न अवसरले पछ्याउनेछन्। आफन्तसँग रमाइलो भेटघाट हुनेछ । स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ । अरूको विश्वास गर्दा धोका हुन सक्छ । अवसरका लागि निकै दौडधुप पनि गर्नुपर्ला । प्रयत्न गर्दा यात्राको प्रक्रिया अघि बढ्न सक्छ । छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पहिलेको आम्दानी प्राप्त हुनाले उत्साह जाग्नेछ । मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन् । तर धेरै फाइदा उठाउन भने नसकिएला । केही रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ने स्थिति आउन सक्छ । श्रमको राम्रै मूल्यांकन भए पनि उपलब्धि तत्कालै प्राप्त नहुन सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
विभिन्न अवसरले पछ्याउनेछन् भने कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ । मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । नोकरी तथा व्यवसायमा लाग्नेहरूलाई फाइदा हुनेछ । भौतिक साधन संग्रह हुनेछन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । बीचमा अवरोध देखा पर्ने हुँदा होसियारीसाथ काममा जुट्नुहोला । छिद्र खोतल्नेहरूले दुःख दिनेछन्, विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला । परिस्थितिवश काम अधुरो रहला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
स्वास्थ्यका लागि आहार–विहारमा अलि सजग रहनुपर्नेछ । व्यस्तता बढ्नेछ भने शारीरिक थकानले कमजोरी अनुभूति हुनेछ । गोप्य सूचना बाहिरिनाले काम फेरि गर्नुपर्ने हुन सक्छ । धेरै लगानी पर्ने काममा हात हाल्नुअघि विचार गर्नुहोला ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७