२०७७ मंसिर ५ गते शुक्रबारको तपाईको राशिफल


प्रकाशित मिति : November 20, 2020

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कूटनीतिक नियोगको सहयोग मिल्ला । कार्यमा सफलता पाईनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज स्वास्थ्यमा समस्या आउन सक्छ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । प्रेममा आउन सक्छ । देशिक क्षेत्र पनि कमजोर रहनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्ने छ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ । अधुरो काम पूरा हुने र परोपकारमा रुची बढ्ने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्ने छ । पुनर्मिलनको योग रहेको छ । शुभकार्यको चर्चा पनि चल्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
इच्छा र आकांक्षा पूर्ण हुनेछ । सन्तान सुख मिल्नेछ । जोश, जाँगर र हिम्मत बढ्ने छ । धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज मन खिन्न हुने स्थिति आउनसक्छ । दबाब र तनाव बढेको महसुस हुनेछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहन सक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्ने छ । दाम्पत्य जीवन सुखमय हुनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अधुरा कार्य पूरा गर्न सहयोग मिल्ने छ । माइलो यात्राको योग रहेको छ । नयाँ कार्यको योजना बन्ने छ । शत्रुमाथि विजय मिल्ने समय छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला तर आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । राजनैतिक कार्यमा बाधा आउने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आजको दिन शत्रु पराजित हुनेछन् । शैक्षिक क्षेत्रमा सफलता मिल्ने छ । समाज सेवामा मन लाग्नेछ । बन्धु–बान्धवबाट सहयोग पनि मिल्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
मानसिक चिन्ता पनि बढ्न सक्छ । प्रणय सम्बन्ध र रतिराग बढाउने समय रहेको छ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी पनि भईएला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज शुभकार्यको चर्चा चल्नेछ । प्रेमीको सहयोग पाईनेछ । विश्वास गरेकाले साथ दिनेछन् । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया दिनुहोस्