२०७७ मंसिर १२ गते शुक्रबारको तपाईको राशिफल


१२ मंसिर २०७७, शुक्रबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । लाभदायक यात्राको सम्भावना छ । नयाँ ज्ञान सिक्ने मौका पनि मिल्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
तपाईंको लगनशिलतालाई भित्रभित्रै मन पराइएको अवस्था छ । अभिभावकको सुझाव मुताबिक निर्णय लिनुमै आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धार्मिक तथा महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । परोपकारका क्षेत्रमा लगानीको समय छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनु हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यवसायिक क्षेत्रबाट लाभ हुनेछ, परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त हुनेछ । आज हाँसखेल र मनोरञ्जनपूर्ण समय पनि हो ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
नाता–कुटुम्बको आगमन हुने एवम् परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ भने कसै कसैलाई घर फर्कने र परिवारमा रमाइलो वातावरण बन्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज उपहार पाईने दिन छ । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मठ–मन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
धार्मिक यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुःख हुन सक्छ । काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन् । स्वरोजगारीका निम्ति दौडधूप गर्नुपर्ने हुन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
वाणीमा कुशलता आउनेछ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
मान सम्मान तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । प्रेमी र प्रेमिकाका बीच खिन्नता बढ्ने छ । विपरीत वर्गप्रति आकर्षण बढ्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । सजिलै अरूको मन जित्न सकिनेछ । भाग्यले साथ दिनेछ भने काममा सफलता हात पर्नेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
कला, साहित्य तथा संगीतमा रुची बढ्ने छ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । धार्मिक यात्राको योग रहेको छ । आफन्त रमाईलो भेटघाट पनि हुनेछ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७