यस्तो रह्यो आदित्य नारायण झाको विवाह (हेर्नुस् तस्बिरहरु)


१७ मंसिर २०७७, बुधबार
702546 aditya narayan wedding photos 8

नयाँदिल्ली, १७ मंसिर । बलिउडका गायक तथा कार्यक्रम प्रस्तोता आदित्य नारायण झा वैवाहिक जीवनमा बाँधिएका छन् ।

मंगलबार आदित्यले प्रेमिका श्वेता अग्रवालसँग विवाह गरेका हुन् । आदित्यको विवाहका तस्बिर अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेका छन् । उनका शुभचिन्तकहरुले तस्बिरहरुमाथि प्रतिक्रिया व्यक्ति गर्दै दुवै जोडी मिलेको प्रतिक्रिया दिएका छन् ।

आदित्य र श्वेता दुलाहा दुलहीको पोशाकमा निकै सुन्दर देखिएका छन् । आदित्यले गुलाबी रंगको स्कार्फ, क्रिम कलको शेरवानीमाथि दुपट्टा लगाएका छन् । श्वेताले भने पिंक र क्रिम कलरको लेहंगा लगाएकी छन् ।

आदित्य र श्वेता लामो समयदेखि प्रेम सम्बनधमा थिए । दुवैले ‘सापित’ नामक चलचित्रमा एकसाथ काम समेत गरेका थिए । उक्त फिल्मको निर्देशन विक्रम भट्टले गरेका थिए । विवाहमा आदित्य र श्वेताका निकट साथीहरु र नातेदारहरुलाई मात्र निमन्त्रणा गरिएको थियो ।
आदित्य नारायणका बाबा गायक उदित नारायण झा पनि विवाहको आनन्द लिइरहेको तस्बिरमा देख्न सकिन्छ । एजेन्सी

1
2
3
4
6
7
8

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७