आज नायिका श्वेता खड्का दोस्रो विवाह गर्दै, अझै ‘डर’ पुरुषप्रधान समाजको


२२ मंसिर २०७७, सोमबार
Sweeta Khadka

काठमाडौं, २२ मंसिर । नायिका श्वेता खड्काले आज (सोमबार) दोस्रो विवाह गर्दैछिन् । उनले धनगढीका विजयन्द्रसिंह रावतसँग विवाह गर्दैछिन् ।

कोरोना महामारीका कारण विवाहमा परिवारका सीमित सदस्य मात्र उपस्थित हुने नायिका खड्काले आइतबारै स्टाटस लेखेर जानकारी दिइसकेकी छन् । नायिका खड्काले यसअघि नायक श्रीकृष्ण श्रेष्ठसँग २०७१ असार २३ गते विवाह गरेकी थिइन् । तर रक्त क्यान्सरका कारण एक महिनापछि नै श्रेष्ठको निधन भएको थियो ।

त्यसको ६ वर्षपछि नायिका श्वेता दोस्रोपटक विवाह बन्धनमा बाँधिन लागेकी हुन् । तर, उनलाई अझै डर छ– पुरुषप्रधान समाजले स्वीकार गर्ला कि नगर्ला ?

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७