आठ महिनापछि खुल्दै चिडियाखाना, अनिवार्य पालना गर्नुपर्नेछ यी नियम


२५ मंसिर २०७७, बिहीबार
zoo

काठमाडौं, २५ मंसिर । कोरोना महामारीका कारण आठ महिनादेखि बन्द सदर चिडियाखाना आज (बिहीबार) देखि खुल्दैछ । चैत ७ गतेदेखि बन्द भएको जावलाखेलस्थित सदर चिडियाखाना आज बिहीबारदेखि खुल्ने भएको हो ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्णयपछि स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड पालना गरिने चिडियाखानाका प्रमुख डा.चिरञ्जीवीप्रसाद पोखरेलले जानकारी दिएका छन् ।

watch zoo from mobile and computer 8325

चिडियाखानामा प्रवेशका लागि स्वास्थ्यका मापदण्ड तयार पारिएको छ । चिडियाखानामा प्रवेश गर्दा हरेक व्यक्तिले मास्क अनिवार्य लगाउनु पर्नेछ । प्रवेश क्षेत्रमा स्यानिटाइजरको व्यवस्था गरिएको छ । भीडभाड व्यवस्थापन गर्न एक पटकमा बढीमा ७०० देखि ८०० व्यक्तिलाई मात्र प्रवेश दिइनेछ । चिडियाखाना भित्र प्रवेश गरेको बढीमा डेढ घण्टाभित्र बाहिर निस्कनु पर्नेछ । जति जना बाहिर निस्कन्छन्, त्यतिका दरले अरुलाई भित्र प्रवेश गर्न दिइनेछ ।

यसैगरी चिडियाखानाभित्र बसेर खान र वन्यजन्तुलाई खुवाउन तथा छुन पाइने छैन ।, यस्तैभित्र बालबालिकालाई खेलाउन पाइने छैन । यसअघिझैं हरेक दिन बिहान १० देखि बेलुका ५ बजेसम्म चिडियाखाना खुल्नेछ । भीडभाड हुन नदिन अनलाइन टिकटको व्यवस्था पनि गरिएको छ । चिडियाखानाको वेबसाइट वा ई सेवामार्फत् टिकट काट्न सकिने व्यवस्था मिलाइएको पोखरेलले बताए ।

अवलोकनका गर्न विदेशीका लागि ७५०, सार्क राष्ट्रका पाहुनाका लागि ५००, नेपालीलाई १५० र नेपाली विद्यार्थी तथा ज्येष्ठ नागरिकका लागि ९० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । वार्षिक ११ लाख दर्शक अवलोकन गर्न आउने यहाँ प्रवेश शुल्कबाट नै वार्षिक रु १५ देखि १६ करोडसम्मको आर्थिक कारोवार हुने गरेको छ ।

Zoo jawalakhel 9 1024x683 1

अवलोकन गर्न आएका अवलोकनकर्ताबाट प्राप्त शुल्कबाट कर्मचारी व्यवस्थापन र जनावरलाई खानपानको व्यवस्थापन गर्दै आएको चिडियाखानामा विगत आठ महिना बढी समयदेखि आम्दानी शून्य भएपछि खर्च व्यवस्थापन गर्न समस्या भएको चिडियाखाना व्यवस्थापन पक्षले जनाएको छ ।

तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेरद्वारा विसं १९८९ मा निजीरुपमा स्थापना गरिएको सदर चिडियाखाना विसं २०११ देखिमात्र सर्वसाधारणलाई खुला गरिएको थियो । चिडियाखाना २०५२ सालदेखि राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा व्यवस्थापन गरिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७