प्रधानमन्त्रीलाई आफ्नै कार्यकर्तासँग त्रास:कालो मास्क र कालो टोपी लगाउनेलाई सभामा निषेध


१८ पुष २०७७, शनिबार
PM KP Oli scaled

काठमाडौं, १५ पुस । शनिबार प्रधानमन्त्री केपी शर्मा ओली समूहको नेकपाले आफू पक्षका काठमाडौं जिल्लाका कार्यकर्ताहरूको भेला कमलादी स्थित प्रज्ञा प्रतिष्ठानको सभाहलमा आयोजना गरेको थियो । भेलामा प्रधानमन्त्री ओली पनि आउने कार्यक्रम थियो ।

कार्यकर्ताहरु प्रधानमन्त्री ओली आउन अगावै प्रज्ञा हलमा पुगेका थिए । हलको ढोकमा प्रहरीको चर्को चेक थियो । प्रहरीले कालो कालो मास्क, टोपी र गलबन्दी लगाएकालाई नखोली प्रवेश दिएन । नेता कार्यकर्ता पुग्दा ‘कालो लगाउन नपाइने’ सुरक्षाकर्मीले रोकेका थिए ।

उनीहरुलाई कालो मास्क, टोपी र गलबन्दी फुकालेर मात्रै प्रवेश दिइएको छ । खोल्न नमान्नेलाई फर्काएको थियो ।यही हप्ता कार्की पार्टी प्यालेसमा आयोजित प्रधानमन्त्री ओली सहभागी कार्यक्रममा पनि कालो मास्क र कालो टोपी लगाउन निषेध गरिएको थियो ।

कारण थियो, हलमा पुगेर बिरोध गर्लान् की ? भन्ने । कालो मास्क, गलबन्दी र टोपी लगाएर विरोधका लागि आउने खतराका कारण निषेध गरिएको आयोजकको भनाई छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७