राष्ट्रिय महिला लिगको दोस्रो चरणका खेल आजदेखि हुँदै


२४ माघ २०७७, शनिबार
उय

काठमाडौं, २४ माघ । राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको दोस्रो चरणका खेल आजदेखि शुरु हुँदैछ ।

आज दिउँसो विभागीय क्लब त्रिभुवन आर्मी र चौदण्डीगढी नगरपालिकाबीचको खेल हुने अखिल नेपाल फुटबल सङ्घ एन्फाले जनाएको छ । पहिलो चरणको खेल सकिँदा आर्मीले ६ मध्ये ४ खेलमा जित र एक खेलमा हार व्यहोरेको छ । आर्मीको १३ अङ्कसहित तालिकाको दोस्रो स्थानमा रहेको छ ।

सशस्त्र शतप्रतिशत नतिजासहित १८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । पहिलो चरणमा एक खेल पनि नजितेको र एक गोल पनि गर्न नसकेको चौदण्डीगढीले आजको खेलमा अप्रत्यासित नतिजा निकाल्ने लक्ष्य लिएको छ ।

एन्फाले महिला लिगमा विदेशी खेलाडी राख्न पाउने नियमअनुसार चौदण्डीगढीले चार जना विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ । आजदेखि शुरु हुने दोस्रो चरणका बाँकी खेलहरू सातदोबाटोमा रहेको एन्फा कम्प्लेसको मैदानमै हुने एन्फाले जनाएको छ । यसैबीच लिगको अन्तिम दिन आउँदो फागुन ७ गते एपीएफ र आर्मीबीचको खेल हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७