कांग्रेस महाधिवेशन सर्ने


५ फाल्गुन २०७७, बुधबार
congress 2 scaled
sf7df8f}F ( k””; M g]sf s]Gb|Lo sfo{;ldlt a}7s g]kfnL sfFu|]; kf6L{ s]Gb|Lo sfof{no ;fg]kfdf laxLaf/ a;]sf] s]Gb|Lo sfo{ ;ldltsf] a}7s . tl:a/ M/f]zg ;fksf]6f÷/f;;

काठमाडौं, ५ फागुन । नेपाली कांग्रेसको यही फागुन ७ गतेबाट सुरु हुने तय भएको १४औं महाधिवेशन फेरि सर्ने भएको छ तर अब कांग्रेसको महाधिवेशन आगामी भदौभित्र पनि हुन नसकेमा पार्टीको वैधानिकता नै समाप्त हुनेछ ।

बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा महाधिवेशनको नयाँ कार्यतालिकाको प्रस्ताव छलफलका लागि पेस गरिँदैछ ।
सभापति शेरबहादुर देउवा नेतृत्वले आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर पार्टीको विधानअनुसार एक वर्ष थप गरेको अवधि पनि यही फागुन १९ गते समाप्त हुँदैछ । नेपालको संविधानअनुसार काँग्रेसले अबको छ महिनाभित्र कुनै पनि हालतमा महाधिवेशन गर्नैपर्ने हुन्छ ।

केन्द्रीय कार्यसमितिमा पेस गरिने प्रस्ताव र महाधिवेशनको अर्को मिति तय गर्नेलगायतका विषयमा सभापति देउवासहितका शीर्ष नेताहरूबीच छलफल पनि भएको छ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पार्टी सचिवालयले तयार पारेको महाधिवेशनको नयाँ कार्यतालिकालाई बुधबारको कार्यसमितिमा पेस गरिने जानकारी दिए । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७