रवि लामिछानेले शुरु गरे ग्यालेक्सी फोरके’ टेलिभिजन


११ फाल्गुन २०७७, मंगलवार
rabi lamichhane 1

काठमाडौं, ११ फागुन । सञ्चारकर्मी रवि लामिछानेलगायतको संलग्नतामा नयाँ टेलिभिजन सञ्चालनमा आउने भएको छ ।

आज (मंगलबार) राजधानीमा पत्रकार सम्मेलन गरी लामिछानेले ‘ग्यालेक्सी फोरके’ टेलिभिजन च्यानल शुभारम्भको घोषणा गरेका छन् । फोरके प्रविधिमा आधारित यो टेलिभिजन नेपालमै पहिलो भएको लामिछानेले बताएका छन् ।

उद्घाटन समारोहमा लामिछानेले टेलिभिजनले आम सर्वसाधारणको हेडलाइन बनाउनुका साथै भरपूर मनोरञ्जन पनि दिने बताए । टेलिभिजनको अध्यक्षमा डीबी राई रहेका छन् भने उपाध्यक्ष छविलाल बञ्जाडे र प्रबन्ध निर्देशकमा स्वयम् रवि लामिछाने रहेका छन् । न्यूज २४ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ सञ्चालन गरेका उनको कार्यक्रम लोकप्रिय रहेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७