Breaking : प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतद्वारा बदर


११ फाल्गुन २०७७, मंगलवार
152903112 1394155054259872 6997787680643095658 n1614082164

काठमाडौं, ११ फागुन । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको सरकारी निर्णय बदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा नेतृत्वको संवैधानिक इजलासले विघटनको निर्णयलाई बदर गरेको हो ।

त्यसविरुद्ध सर्वोच्चमा १३ वटा रिट निवेदन दर्ता भएको थियो । प्रधानन्यायाधीशको एक इजलासले ८ पुसमा संवैधानिक इजलासले संवैधानिक इजलासमा सुनुवाइ गर्ने आदेश दिएका थिए ।

१० पुसमा सर्वोच्चले एमीकस क्युरी गठन गर्ने निर्णय गरेको थियो । रिट निवेदकका तर्फबाट ७१ जनाले बहस गरेका थिए । प्रधानमन्त्रीको कदमको बचाउ गर्दै ३७ जना अधिवक्ताले बहस गरेका थिए । ३ फागुनदेखि ७ फागुनसम्म एमीकस क्युरीले बहस गरेका थिए । प्रधानमन्त्री ओलीले ५ पुसमा प्रतिनिधिसभा विघटन गरेका थिए ।

संवैधानिक इजलासले त्यसलाई सदर गरेको हो । प्रधानमन्त्रीको कदमविरुद्ध सर्वोच्चमा १३ वटा रिट निवेदन दायर भएका थिए । निवेदकका तर्फबाट ७१ जनाले बहस गरेका थिए भने सरकारी पक्षबाट ३४ जनाले बहस गरेका थिए । प्रधानमन्त्री केपी ओलीले ५ पुसमा प्रतिनिधिसभा विघटन गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७