सिरी ‘ए’ : भेरोनासँग युभेन्टस बराबरीमा रोकियो


१६ फाल्गुन २०७७, आईतवार
thumb 13

काठमाडौं, १६ फागुन । इटालीको सिरी ‘ए’ मा शनिबार युभेन्टस अंक तालिकाको मध्य भागमा रहेको भेरोनासँग १–१ को बराबरीमा रोकिएको छ । यो नतिजापछि लिग तालिकाको शीर्ष स्थानमा रहेको इन्टर मिलानभन्दा युभेन्टस सात अंकले पछाडि रह्यो ।

आन्द्रे पिर्लोको युभेन्टसले क्रिस्टियानो रोनाल्डोको गोलले अग्रता लिएको थियो । जारी सिजनमा रोनाल्डोको यो १९ औं गोल हो । तर भेरोनाका लागि एन्टोनिन बाराकले बराबरी गोल फर्काए ।
युभेन्टसको २३ खेलबाट ४६ अंक भएको छ । शनिबारकै अन्य खेलमा बोलोग्नाले लाजियोलाई २–० ले हरायो भने स्पेजिया र पार्माले २–२ को बराबरी खेले । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७