एनसेलले ल्यायो सहयात्री सिम


१७ फाल्गुन २०७७, सोमबार
Ncell 1 scaled

काठमाडौं, १६ फागुन । एनसेल आजियाटा लिमिटेडले सहयात्री सिम ल्याएको छ। वैदेशिक रोजगारीमा जाने योजनाका नेपाली र उनीहरुका परिवारका सदस्यका लागि यो सिम ल्याएको हो।

उक्त योजनामा स्टार्टर प्याकमा बन्डल सेवा, आकर्षक बोनस सुविधा र निःशुल्क रोमिङ् सेवा पर्छन्। यो योजना शुक्रबारबाट संचालनमा आइसकेको छ। एनसेलले आफ्नो नयाँ अभियान ‘फास्ट फर्वार्ड लाइफ’ अन्तर्गत उक्त योजना ल्याएको हो।

सहयात्री सिमको उद्देश्य वैदेशिक रोजगारीमा जानेलाइ सहयोग पुर्याउनु रहेको छ। नेपालमा नै रहेको समयमा रोजगारीका अवसर खोज्न एनसेल जबसपले मद्दत गर्दछ। त्यसैगरी, यसमा लोकल दरमा नेपालबाट भारतमा कल गर्न सकिने अफर पनि रहेको छ।

यो सिम ग्राहकले कर सहित ९९ रुपैयाँमा लिन सक्छन्। सिमसँगै २० रुपैयाँ मेन ब्यालेन्स, सात दिनको लागि मान्य हुने २०० एमबी डेटा, २० मिनेट अन नेट टक लाइम र २० वटा अन नेट एसएमएस पाइन्छ।

यस सिममा पहिलो रिचार्जमा बोनस, एक वर्षसम्म प्रत्येक रिचार्जमा १० प्रतिशत बोनस, नेपाल कल गर्न वा आफु रहेको देशभित्रै कल गर्न १५ मिनेट रोमिङ् सेवा लगायत सुविधाहरु छन्। यसरी प्राप्त हुने १५ मिनेटको रोमिङ् सेवा ग्राहकले भारत, कतार, युएई, मलेशिया, कुवेत, ओमान र दक्षिण कोरियामा प्रयोग गर्न सक्छन्।

यो योजनाअन्तर्गत ग्राहकले निःशुल्क रुपमा ‘कल आयो पैसा पायो’ अफरमा सहभागी हुन सक्छन्। यसमा मेन ब्यालेन्स कम रहेको अवस्थामा पनि मिस्ड कल दिन सकिने सुविधा रहेको छ।

साथै कुनै पनि भारतीय नम्बरमा लोकल कलको दर कर बाहेक १।९९ प्रति मिनेटमा कल गर्न सकिने सुविधा रहेको छ। यी विशेषता कारणले गर्दा विदेशमा रहेका आफन्त र परिवारका सदस्यहरुसँग सम्पर्कमा रहिरहनका लागि यो सिम एक उत्तम सेवा हो ।

यो सिमका ग्राहकले एनसेल जबसप सेवामा एक महिनासम्म निःशुल्क पहुँच पाउँछन्। एक महिनापछि ग्राहकले मासिक जबसप प्लान ५० प्रतिशत छुटमा चलाउन सक्छन्। सहयात्री सिम लिन ग्राहकको नागरिकता र एक प्रति फोटो चाहिन्छ। यो सिम आफूलाई पायक पर्ने एनसेल सेन्टर वा एनसेलको आधिकारिक बिक्रेताबाट लिन सकिन्छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७