क्रेग डसनको आत्मघाती गोलमा म्यानचेस्टर विजयी


२ चैत्र २०७७, सोमबार
thumb 7

काठमाडौं, २ चैत । क्रेग डसनले आत्मघाती गोल गरेपछि म्यानचेस्टर युनाइटेडले आइतबार इङलिस प्रिमियर लिगमा वेस्ट ह्यामलाई १–० ले हराएको छ । यो जितसँगै टोलीले लिग तालिकाको दोस्रो स्थानमा आफ्नो पकड पनि बलियो बनाएको छ ।

हारपछि वेस्ट ह्यामको भने शीर्ष चारको सम्भावना कमजोर भएको छ । म्यानचेस्टरको ५७ अंक भएको छ भने वेस्ट ह्याम ४८ अंकसाथ पाँचौं स्थानमा रह्यो ।

आइतबारको आइतबारको उत्तरी लन्डन डर्बीमा आर्सनलले टोटनहामलाई २–१ ले हरायो । आर्सनलले एक गोलले पछाडि रहेको स्थितिबाट जित निकालेको हो । उसका लागि एलेक्जान्डर लेकाजेटले विजयी गोल गरे ।

यस हारले टोटनहमको शीर्ष चारको सम्भावना पनि कमजोर भएको छ । यस्तै लेस्टर सिटीले सेफिल्ड युनाइटेडलाई ५–० ले पन्छायो । ब्राइटनले साउथह्याम्पटनमाथि २–१ को जित निकाल्यो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७