नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा कुेवतका अलमुताइरी नियुक्त


२२ चैत्र २०७७, आईतवार
Al Mutairi Nepali Football Coach

काठमाडौं, २२ चैत । एन्फाले नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा कुवेतका अब्दुल्लाह अलमुताइरीलाई नियुक्त गरेको छ ।
४० वर्षीया अलमुताइरीलाई एन्फाको प्राविधिक कमिटीको सिफारिसमा मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो ।

उनले कम्तीमा एक वर्ष नेपाली फुटबल टिमलाई प्रशिक्षण दिनेछन् । विश्व फुटबल महासंघले सदस्य राष्ट्रलाई ‘प्रो लाइसेन्स’ भएकालाई मात्र नियुक्त गर्ने प्रावधान राखेपछि साविकका प्रशिक्षक बालगोपाल महर्जनले प्रशिक्षण गर्न प्राविधिक समस्या हुने भएपछि नयाँ मुख्य प्रशिक्षक नियुक्त गरिएको हो ।

नेपालले विश्वकप फुटबल छनोटअन्तर्गत दोस्रो चरणको बाँकी खेलको तयारी गरिरहेको छ । यस क्रममा नेपालले चाइनिज ताइपेइ, अस्ट्रेलिया र जोर्डन जस्ता मुलुकको सामना गर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७