कोरोना संक्रमित अक्षय कुमार अस्पताल भर्ना


२३ चैत्र २०७७, सोमबार
akshay kumar

मुम्बई, २३ चैत । बलिउड अभिनेता अक्षय कुमार कोरोना संक्रमित भएको दोस्रो दिन अस्पताल भर्ना भएका छन् ।
सामाजिक सञ्जालमा जानकारी गराउँदै अक्षयले लेखेका छन्, ‘मेरो स्वास्थ्य ठिक छ तर चिकित्सकको सल्लाहमा अस्पताल भर्ना भएको हुँ । आशा छ, छिट्टै घर फर्किने छु ।’

a

एक दिन अगाडि अक्षय कुमारले इन्स्टाग्राममा आफू कोरोना संक्रमित भएको जानकारी दिएका थिए । उनले लेखेका थिए, ‘म कोरोना संक्रमित भएको छु । सबै नियम पालना गरेर आइसोलेसनमा बसिरहेको छु । होम क्वारेन्टिनमा छु । र औषधि पनि खाइरहेको छु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७