‘मिस एयर होस्टेज–२०२१’ का लागि खुल्यो आवेदन फारम


२३ चैत्र २०७७, सोमबार
168821433 194142875592382 2420302071945551503 n

काठमाडौं, २३ चैत । विगत ११ वर्षदेखि निरन्तररुपमा विभिन्न सौन्दर्य प्रतियोगीताहरुको आयोजना गर्दै आएको सिजन मिडियाले ‘मिस एयर होस्टेज २०२१’ पाँचौं संस्करणका लागि आवेदन फारम खुल्ला गरेको छ ।

उपत्यकालगायत मोफसलका विभिन्न एयरहोस्टेज तालिम केन्द्रमा तालिम लिइरहेका साथै विभिन्न समयमा एयर होस्टेजसम्वन्धी तालिम लिएर बसेका अथवा विमान परिचारिका बन्ने लक्ष्य लिएकाहरु प्रतियोगीतामा सहभागी हुन सक्ने जनाइएको छ । उक्त कार्यक्तममा सहभागिताका लागि १२ कक्षा पास भएका १६ वर्षदेखि २४ वर्षसम्म उमेर समूह साथै ५ फिट २ इन्च उचाई भएका छात्राहरुले ‘मिस एयर होस्टेज २०२१’ मा सहभागी हुन पाउने सिजन मिडियाका प्रवन्ध निर्देशक प्रदीपराज वन्तले जानकारी दिएका छन् ।

169350985 785033895720673 2026909503749115301 n

विमान परिचारिका बन्न चाहने युवतीहरुलाई विशेष प्राथमिकता दिंदै उनीहरुको शैक्षिक विकास, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, रोजगारीका लागि अवसरका साथै उनीहरुको आन्तरिक क्षमता उजागरलगायत नेतृत्वदायी क्षमताको विकास गराई एक कुशल विमान परिचारिका तथा शिक्षित व्यक्तिको रुपमा अगाडि आउन सहयोग गर्ने हेतुले यो कार्यक्रम आयोजना हुँदै आएको छ ।
विगत केहि वर्षको अन्तरालपछि फेरि पनि यस प्रतियोगीतालाई निरन्तरता दिने हेतुले योे पाँचौं चरणको आवेदन फारम खुल्ला गरिएको हो । प्रतियोगितामा २५ जनालाई सहभागी गराइने छ ।

कार्यक्रम सहभागिताका लागि सिजन मिडियाको कार्यालय कमलादी काठमाडौंमा वैसाख दोस्रो सातासम्म आवेदन फारम भर्न सकिनेछ । प्रतियोगिताको अन्तिम प्रतिष्प्रधा जेठको पहिलो साता राजधानीमा हुने जनाइएको छ । प्रतियोगिताका विजेताले ‘मिस एयर होस्टेज २०२१’ कोे ताज उपाधिसहित विमान परिचारिका बन्ने अवसर साथै मोवाइल फोन, ट्याव साथै ३ जना विजेतालाई पोखरा भ्रमणका लागि हवाई टिकट प्रदान गरिनेछ ।

169283915 909040936557215 4463469853137170269 n

साथै उच्च शिक्षाका लागि विभिन्न देशका लागि छात्रावृत्ति पाउने छन् भने अन्य गिफ्ट हयाम्पर पाउने छन् । यस बाहेक अन्य विभिन्न १५ विधामा पनि विजेता छनौट गरिनेछ । कार्यक्रममा बारेमा थप जानकारी लिन परे सिजन मिडियाका अध्यक्ष प्रदिपराज वन्तलाई ०१–४२३८४०१ वा ९८५१०४४८३५, ९८०१३४४८३५ मा फोन गरेर बुझ्न सकिने जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७