‘सक्किगोनी’ का कलाकार दीपक ‘काकु’ लाई कोरोना संक्रमण


२२ बैशाख २०७८, बुधबार

काठमाडौं, २२ बैसाख । हाँस्य टेलिश्रृखला ‘सक्किगोनी’ का कलाकार दीपकप्रसाद आचार्य ‘काकु’ लाई कोरोना संक्रमण भएको छ । आफ्नो कोरोना रिपोर्ट पोजिटिभ आएको आचार्यले सामाजिक सञ्जालबाट जानकारी गराएका हुन् ।

‘गत बुधबार सक्किगोनीको सुटिङबाट फर्किए लगत्तै हल्का ज्वरो आउने र जिउ दुख्ने समस्या देखियो । क्रमशः यो बढ्दै गएपछि कोभिड टेष्ट गर्दा कोरोना रिपोर्ट पोजिटिभ आएको छ’ आचार्यले लेखेका छन्, ‘म होम आइसोलेसनमा श्रीमतीको उच्च रेखदेखमा छु । मनोबल उच्च छ, आशा छ चाँडै नै कोभिडसँगको लडाइमा विजयी हुनेछु ।’

आचार्यले केही दिनयता आफूसँग सम्पर्कमा रहेकालाई समेत सचेत रहन र कोरोना टेष्ट गराएर सुरक्षित रहन अनुरोध गरेका छन् । यो महामारी सोचे जति सामान्य नरहेको बताएका आचार्यले थपे, ‘सबै मिलेर अवश्य पनि यसलाई जित्नेछौ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७