हिमालयन डिस्टिलरीको ३ अर्ब ५७ करोड नाफा


२६ बैशाख २०७८, आईतवार
Himalayan Distillery

काठमाडौँ, २६ बैशाख । हिमालयन डिस्टिलरीले आर्थिक बर्ष २०७७\७८ को चैत्र महिनासम्मको प्रगति विवरण सार्बजनिक गरेको छ ।

डिस्टिलरीले गत वर्षको यसै अवधि सम्मको कारोवार र यस वर्षको सोही अवधि सम्मको कारोवारलाई तुलना गर्दा गत वर्षको चैत्र मसान्त सम्ममा कुल विक्री रकम रु ३ अर्ब ५७ करोड भएकोमा यस वर्षको त्यसै अवधि सम्ममा रु ३ अर्ब ८९ करोड गर्न सफल भएको जानकारी गराएको छ । यसरी गतबर्षको तुलनामा ९ प्रतिशतले विक्री रकम बढेको जानकारी दिइएको छ ।

यसै गरि गत वर्षको यसै अवधिको खुद मुनाफा रकम रु ४३ करोड ७१ लाख भएकोमा यस वर्षको सोही अवधिमा रु। ६७ करोड २७ लाख पुग्न गएको छ । यस खुद मुनाफालाई तुलना गर्दा गत वर्ष भन्दा ५३.८९ प्रतिशत वढि आर्जन भएको देखिएको छ ।

त्यसै गरि गत आ।व। सम्मको मुनाफाबाट ५० प्रतिशत बोनस शेयर वितरण गरि पूँजी वृद्धि गरिए पनि गत वर्षको यसै अवधिको वित्तिय अनुपातहरुसँग तुलना गर्दा यस वर्ष प्रति शेयर आम्दानी रु १००.७६ बाट रु १०३.३८, तरलता अनुपात १.९६ बाट २.७४ भएको छ ।

गत वर्ष प्राप्त कारोवार भन्दा यस वर्षको चैत्र मसान्त सम्मको कारोवार वृद्धिको मूख्य आधार भनेको नै कम्पनीका उत्पादनहरुको गुणस्तर, उत्पाकत्व वृद्धि, थप वजारीकरण, उत्पादित व्राण्डको प्रतिष्ठा प्रति उपभोक्ताको पूर्ण विश्वास र व्यवस्थापन खर्चको उचित परिचालन र व्यवस्थापनको उच्च लगनशिलता भएको हिमालयन डिस्टिलरीले उल्लेख गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७