रेनशा बान्तवा राई निर्देशित ‘इन्टु मिन्टू लन्डनमा’को पहिलो गीत सार्वजनिक (भिडियोसहित)


१२ फाल्गुन २०७४, शनिबार
samragee rajya laxmi and dhiraj magar

काठमाडौं, १२ फागुन । नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह र  धीरज मगर अभिनित चलचित्र ‘इन्टु मिन्टू लन्डन’को पहिलो गीत सार्वजनिक भएको छ।  कोरियोग्राफर रेनशा बान्तवा राईको डेब्यु निर्देशनमा तयार भएको चलचित्र ‘इन्टु मिन्टू लन्डन’को ‘थाहै भएन’ बोलको रिलिकल अडियो गीत सार्वजनिक भएको हो ।samragee rajya laxmi and dhiraj magar

गीतमा गायक स्वप्न सुमनको शब्द, सङ्गीत र स्वरमा रहेको छ ।  गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज मगरको रोमान्टिक तस्बिरहरू प्रस्तुत गरिएको छ । उक्त तस्बिरमा साम्राज्ञी र धिरजको जोडी निकै आकर्षक देखिएको छ ।

चलचित्रको नेपालको छायाङ्कन सकिएता पनि युकेको दोस्रो तालिकाको छायाङ्कन भने बाँकी रहेको छ । वसन्त ऋतुको अवसर पारेर चैत र बैशाखमा चलचित्रको दोस्रो चरण छायाङ्कन गरिने निर्माण टिमले बताएको छ ।

फिल्म प्रज्ज्वल समशेर जबरा र निर्देशक राईको कथा रहेको रोमान्टिक लभस्टोरीमा साम्राज्ञी र धिरजको साथै सरुक ताम्राकारको मुख्य भूमिका रहेको छ । चलचित्रलाई आई कोर फिल्मस्को ब्यानरले निर्माण गरेको हो ।

प्रभु समशेर जबरा र प्रज्ज्वल समशेर जबरा इन्टु मिन्टु लन्डनमा’का निर्माता हुन् भने सह–निर्माताहरूमा सुलेखा राई, वसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन् ।प्रदर्शन मिति तय भइनसकेको छैन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७