वरिष्ठ चिकित्सक आईएल आचार्यको निधन


२ जेष्ठ २०७८, आईतवार
dr il shrestha

काठमाडौं, २ जेठ । वरिष्ठ चिकित्सक डाक्टर आईएल आचार्यको निधन भएको छ । दुई साता अघिदेखि स्टार अस्पतालमा उपचाररत डा. आचार्यको आइतबार बिहान करिब ४ बजेको समयमा निधन भएको स्टार अस्पतालका डा. विश्व श्रेष्ठले जानकारी दिए । डा. श्रेष्ठका अनुसार ८३ वर्षीय उनको तीन दिनअघि मात्रै पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो ।

पीसीआर रिपोर्ट नेगेटिभ आए पनि निमोनियाका कारण उनको निधन भएको डा. श्रेष्ठको भनाइ छ । कोभिड १९ संक्रमण भएपछि उनलाई स्टार हस्पिटलमा भर्ना गरिएको थियो । डा. श्रेष्ठका अनुसार उनी निदान अस्पताल, स्टार हस्पिटल, काठमाडौं हस्पिटल लगायतका अस्पतालमा सक्रिय थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७