शिवम् सिमेन्टद्वारा अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामाग्री वितरण


४ जेष्ठ २०७८, मंगलवार
Shivam Cement Bharosa Atut Sambandha Logo

काठमाडौं ४ जेठ । शिवम् सिमेन्ट लिमिटेडद्वारा श्री मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हटौंडा अस्पताललाई १९० थान अक्सिजन सिलिण्डर सहित विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

देशका विभिन्न अस्पतालहरुमा अक्सिजन, बेड तथा विभिन्न स्वास्थ्य सामाग्री अभाव भईरहको परिस्थिलिलाई मध्य नजर गर्दै वागमती प्रदेशको मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हटौंडा अस्पताललाई १२० थान भरिएका तथा ७० थान खाली अक्सिजनका सिलिण्डर गरी जम्मा १९० थान अक्सिजन सहित ३० थान मेडिकल बेड, ५ थान सिसि बेड तथा ५ थान उक्त बेडहरुमा जडान गरिने मेडिकल मोनिटरहरु शिवम् सिमेन्ट्सद्वारा उक्त अस्पताललाई हस्तान्तरण गरेको हो । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत उक्त स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको बताएको छ ।

“प्राणवाय’ अक्सिजन सहितका सिलिण्डर, मेडिकल बेड, सिसियु बेड मनिटर इक्यूमेन्ट समेतको यी स्वास्थ्य सामाग्री कारण यस क्षेत्रका कोरानाका कारण स्वास्थ्य उपचारबाट बन्चित तथा कोरोनाबाट प्रभावित सर्वसाधारण नागरिकहरुलाई स्वास्थ्य उपचार गर्न पाउने सहज अवस्था सिर्जना भई सहयोग पग्ने बताए ।

यस अगाडी पनि शिवम् सिमेन्ट्सले यस किसिमका महामारी, दैविप्रकोप, राहत सामाग्रीहरु, स्वास्थ्य सामाग्री, एम्बुलेन्स हस्तान्तरण सहित विभिन्न कार्यहरुमा आफ्नो सामाजिक संस्थागत दायित्व निर्वाह गर्दै आईरहेको छ ।
सन् २००९ मा नेपालका केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी उक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम प्लस सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताको कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरुद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको असली इएऋ सिमेन्ट बन्न सफल भएको हो ।
नेपाल गुणस्तर चिन्ह ५७२, ४९ तथा ISI, URS प्रमाणित ISO Certificate प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिदैँ आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७