डिजिटल कारोबारलाई प्रोत्साहन गर्न एनआईसीको आकर्षक योजना, मोबैंक प्रयोग गर्दा क्यासब्याक


४ जेष्ठ २०७८, मंगलवार
Creative on Cashback Campaign for the Month of Jestha 2078 vN8T8jJmuE 1

काठमाडौं, ४ जेठ । एन आई सी एशिया बैंकले ग्राहकहरूलाई उत्तरदायी नागरिकको परिचय दिई घरमै बसी डिजिटल कारोबार गर्न प्रोत्साहन स्वरूप ‘उत्तरदायी बनौँ, मोबैंक गरौं’ योजना सार्वजनिक गरेकोे छ ।

यस योजना अनुसार बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरूले इन्टरनेट, टेलिभिजन, खानेपानी लगायतको शुल्कका साथै मोबाइल डाटा प्याक, बीमा, मेरो सेयर तथा डिम्याट भुक्तानी गर्दा प्रत्येक कारोबारमा ५ प्रतिशत वा अधिकतम १०० नगद फिर्ता प्राप्त गर्न सक्नेछन् ।

यस योजना अन्तर्गत एक जना ग्राहकले योजना अवधिभर अधिकतम ५०० सम्म नगद फिर्ता प्राप्त गर्न सक्नेछन् । यो योजना जेष्ठ २ देखि जेष्ठ ३१ सम्म लागू हुने पनि बैंकले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७