लेस्टरलाई हराउँदै चेल्सी तेस्रो स्थानमा


५ जेष्ठ २०७८, बुधबार
chelsea rA6B5ejgXB

काठमाडौं, ५ जेठ । इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सी तेस्रो स्थानमा उक्लिएको छ । गए राति भएको खेलमा लेस्टर सिटीलाई २–१ गोलले हराउँदै चेल्सी लेस्टरलाई नै पछि पार्दै तेस्रो स्थानमा उक्लिएको हो ।

जितसँगै चेल्सीले आउँदो सिजनको च्याम्पियन्स लिग फुटबल खेल्ने सम्भावना बलियो बनाएको छ । गएराति नै भएको अर्को खेलमा दोस्रो स्थानको म्यानचेष्टर युनाइटेड भने रेलिगेशनमा परेको फुलह्यामसँग बराबरीमा रोकिएको छ । उसका लागि १५ औं मिनेटमा इडिन्सन काभानीले गोल गरे । तर ७६ औं मिनेटमा फुलह्यामका जोय ब्र्याएनले गोल गर्दै खेल बराबरीमा ल्याए ।

हिजाको बराबरीसँग युनाइटेडले शीर्ष स्थानको सिटीसँगको अंक दूरी घटाउने मौका गुमाएको छ । युनाइटेडको ७१ अंक रहेको छ । यस्तै गएराति नै शीर्ष स्थानको म्यानचेष्टर सिटी ब्राइटनसँग ३–२ पराजित भएको छ । ४८ मिनेटसम्म दुई गोल गरेको सिटीले त्यसलाई जोगाउन नसक्दा पराजित भयो । इङ्लिस प्रिमियर लिगको उपाधि यसअघि नै सिटीले जितिसकेको छ । ब्राइटन पन्ध्रौं स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७