आज युगकवि सिद्धिचरण श्रेष्ठको ११० औं जन्म जयन्ती


९ जेष्ठ २०७८, आईतवार
Siddhi charan shrestha 1912 1992 f9cjMGpjoi

काठमाडौं, जेठ । आज (आइतबार) युगकवि सिद्धिचरण श्रेष्ठको ११० औं जन्म जयन्ती उनको सम्झना गरी मनाइँदै छ । युगकवि श्रेष्ठको जन्म विसं १९६९ साल जेठ ९ गते ओखलढुङ्गाको ओखलढुङ्गा बजारमा भएको हो ।

स्वच्छन्दतावादी काव्यधारका प्रवर्तक सिद्धिचरण श्रेष्ठ नेपाली साहित्यमा युगकवि र नेपाल भाषामा कविरत्नका रुपमा चिनिन्छन् ।

युगकवि श्रेष्ठले कविता, गीत, खण्डकाव्य, नाटक, पद्यनाटक, कथा, निबन्ध, समालोचना, यात्रा संस्मरण लगायतका विधामा कलम चलाएका थिए । उनको ‘मेरो प्यारो ओखलढुङ्गा’, ‘निर्झर’, ‘भीमसेन थापा’, ‘जूनकीरी’ लगायतका रचनाहरु चर्चामा छन् ।

त्यस्तै कविता सङ्ग्रह ‘मेरो प्रतिबिम्ब’, ‘कोपिला’, ‘कुहिरो र घाम’ लगायत, खण्डकाव्यहरु ‘उर्वशी’, ‘ज्यानमारा शैल’, ‘आँशु’ लगायतका कृति रहेका छन् । युगकवि श्रेष्ठको २०४९ साल जेठ २२ गते निधन भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७