इपीसी मोडलमा सिद्धबाबा सुरुङ बनाउन ग्लोबल टेण्डर आह्वान


९ जेष्ठ २०७८, आईतवार
Surung1.jpg .2020 11 22

काठमाडौं, ९ जेठ । बुटवल–पाल्पा सिद्धबाबा सडक खण्डमा सुरुङ मार्ग बन्ने भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गतको सो सडक खण्डमा लामो समयदेखि सुरुङ मार्ग खन्ने गृहकार्य भइरहे पनि काम अघि बढ्न नसकिरहेको अवस्थामा बल्ल योजनाले सार्थकता पाउने भएको हो ।

आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एक सूचना जारी गर्दै सुरुङ खन्ने प्रक्रियाका लागि ग्लोबल टेन्डर आह्वान गरेको छ ।
मन्त्रालयको यो टेन्डर खुलेसँगै मृत्यु मार्गले समेत परिचित बन्न पुगेको बुटवल–पाल्पा, सिद्धार्थ राजमार्गको सिद्धबाबा सडकखण्डमा सुरुङ बन्ने निश्चित भएको छ ।

गत बर्ष अर्थ मन्त्रालयले बजेट स्वीकृत गर्दै भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र लेख्दै बार्षिक बजेटमा १० अर्व १५ करोडको सिमा भित्र रहेर खरिद प्रक्रिया अगाडि बढाउन भनेको थियो ।

सुरुङमार्गको लागि निरन्तर प्रयत्न गर्दै आएका अर्थमन्त्री बिष्णु पौडेलले सिद्धबाबा सडकमा सुरुङ निर्माण सुरु गर्न ब्रेक थ्रु भएको भन्दै खुशी ब्यक्त गरेका छन् । उनले अब सुरुङमार्ग बनाउने कामको मुखमा पुगेको र अन्तर्राष्टियस्तरका निर्माण व्यवसायीहरुको सहभागितामा सुरुङ निर्माण कार्य अगाडि बढाइने बताएका छन् ।

चर्चा चलेको वर्षौपछि सरकारले सुरुङको योजना, डिजाइन, इन्जिनियरिङ, खरिद, निर्माण र सञ्चालन (ईपीसी मोडल) मा टेण्डर आह्वान गरेको हो । सिद्धबाबामा सुरुङमार्ग बनाउन सरकारले बजेट भाषणमै लेखेर सुरुङ मार्ग बनाउन अध्ययन गर्ने बताउँदै आएको पनि ६ वर्ष भइसकेको छ । केन्द्रले जारी गरेको टेण्डर प्रक्रियामा भाग लिनेले डबल लेन स्ट्यान्डर्ड हाइवे टनेल, रक शेड स्ट्रक्चर निर्माण गरी ५ वर्ष सडक सञ्चालन तथा मर्मत गर्नुपर्नेछ ।

केन्द्रका निर्देशक डा.विजय जोशीले ५ वर्षभित्र सक्ने गरी टेण्डर आह्वान गरिएको बताए । टेण्डरमा छनोट हुने कम्पनी आफैले सुरुङमार्गको डिजाइन गर्नुपर्ने हुन्छ । त्यसको लागि करिब १ वर्ष समय लाग्छ र ४ वर्ष निर्माण अवधि लाग्ने केन्द्रको अनुमान छ । जोशीले रुपन्देही–पाल्पालाई जोड्ने मात्रै नभई भारतको सुनौली र चीनको कोरना नाका पुग्ने दीर्घकालीन सोचसहित सडक निर्माण भएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७