२०७८ जेठ ११ गते मंगलबारको तपाईको राशिफल


११ जेष्ठ २०७८, मंगलवार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
घरमा अतिथिको आगमन हुनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने छ । भूमिबाट लाभ रहला । साथीभाइले पनि सहयोग जुटाउने छन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
लगानीमा रहेको रकम फिर्ता आउन सक्छ । कला, साहित्य तथा संगीतमा रुची बढ्ने छ । तर्क, विवाद र प्रतिष्पर्धामा नपरेकै राम्रो हुन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज भाग्यले विभिन्न अवसर जुराउने छ । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । शुभकार्यको चर्चा चल्ने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज राजनैतिक र न्यायिक कार्यबाट सफलता मिल्ने र रुची बढ्ने छ । शुभारम्भको चर्चा पनि चल्ने छ, तर स्वास्थ्यप्रति सजग रहनु पर्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज विदेश अथवा दूरदराजमा बसोबास गर्ने व्यक्तिहरूसँगको सम्बन्ध सुमधुर रहनेछ, तर यात्रा नगरेकै जाती अतः लाभ मिल्ने छैन ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
जटिल ठानिएको काम समेत सम्पादन हुनसक्छ । सामाजिक सभा समारोहमा सरिक हुने सम्भावना छ । घरमा अतिथिको आगमन हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । शेयर बजारको कारोबार राम्रै होला, तर यात्रा चाहिं राम्रो नहोला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
लाभदायक यात्रा हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिने छ । राजनैतिक क्षेत्रमा सफलता मिल्ने छ । व्यापार, व्यवसायमा सफलता मिल्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
महत्वपूर्ण कामको थालनी हुनेछ । लक्ष्मी प्रसन्न हुने योग छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । ससाना समस्यामा अल्झनु पर्नेछ । स्वास्थ्य प्रतिकूल रहनाले खर्च पनि बढ्न सक्छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
धैर्य एवं लगनशीलताले अवसर दिलाउने छ । प्रेम सम्बन्ध कसिलो हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । नियमित खर्च समेत बढ्ने योग छ । शेयर बजार पनि असफल हुनसक्छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७