२०७८ जेठ १२ गते बुधबारको तपाईको राशिफल

शिव भाद्र अनुराधा, बुद्ध जयन्ती / उभौली पर्व / कुर्म जयन्ती / गोरखनाथ जयन्ती / चण्डी पूर्णिमा व्रत / बैसाख स्नान समाप्ति


१२ जेष्ठ २०७८, बुधबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज आज झुट बोल्न बाध्य भइनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । चञ्चलता र छटपटी बढ्नाले मन कमजोर रहला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । स्वादिष्ट भोजन पाइनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ । कुटुम्बको सहयोग मिल्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज चोटपटकको भय छ सचेत रहनुहोला । स्वास्थ्यमा समस्या आउला अतः स्वास्थ्यप्रति सजगता अपनाउनु पर्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । मङ्गल कार्यको योजना बन्ने योग छ । चिन्ता छाडेर मनन चिन्तन गर्ने समय छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज अधुरो कामको थालनी हुनसक्छ । अरुलाई प्रभावित पारेर काम बन्ने छ । प्राविधिक र वैदेशिक क्षेत्रमा सफलता मिल्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्ने छ । प्रयत्न गरे बढी फाइदा लिन सकिने छ । पारिवारिक सुख पनि मिल्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज नयाँ कार्यको थालनी हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । रमाइलो यात्राको योग रहेको छ । दिनको उत्तरार्ध बढी सुखद् रहने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज विशिष्ट व्यक्तिको साथ र सहयोग पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । पार्टनरसिपको कार्यमा सफलता मिल्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आँटेको र ताकेको कार्य पुरा होला । साहित्यिक क्षेत्रमा रुची बढ्ने छ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । व्यापारमा सफलता मिल्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज दैनिक कार्यमा प्रगति हुनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । लगनशिलताले कामहरू अगाडि बढ्ने छन् ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज कलासाहित्य तथा संगीतमा रुची बढ्ने छ । न्यायिक कार्यमा सफलता मिल्ने छ । शुभ र नयाँ कार्यको थालनी हुन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज प्रणय सम्बन्ध बढ्ने समय रहेको छ । लगनशिलताले कामहरू अगाडि बढ्ने छन् । नयाँ र शुभकार्यको चर्चा पनि चल्ने छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७