२०७८ जेठ १६ गते आइतबारको तपाईको राशिफल


१६ जेष्ठ २०७८, आईतवार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज विशेष गरी अतिथिको रूपमा सत्कार पाइएला । आफन्तले आश्वासन र सहयोग गर्नेछन् । व्यवसायको सन्दर्भमा योजना बन्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज मनमा निराशा र शरीरमा आलस्य आउला । व्यापार र व्यवसायमा मन्दी आउने छ । स्वास्थ्यप्रति बढी सचेत रहनु पर्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
गरेको कामबाट सफलता मिल्ने छ । परिवारसँग रमाइलो भेटघाट रहला । रोकिएको काम पुनः प्रयत्न गर्दा फाइदा हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज महत्वपूर्ण अवसर गुम्न सक्छ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । केही मालसामान हराउन पनि सक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आफन्तको सहयोग प्राप्त मिल्ने छ । कूटनीतिक कार्यमा सफलता मिल्ला । साहित्यिक क्षेत्रमा रुच िबढ्ने छ । धार्मिक यात्राको योग पनि छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आँटेको र ताकेको कार्य पुरा होला । राजनीतिक कार्यमा सफलता मिल्ने छ । जोश, जाँगर र हिम्मत बढ्ने छ । प्रेमीको सहयोग पनि पाइने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज चिताएको कामले तीव्रता लिनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । नयाँ काम सुरु गर्न सकिने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज शुभारम्भको चर्चा चल्ने छ । धर्म, कर्म तथा समाजसेवामा मन लाग्ला । धनार्जनका नयाँ अवसर र स्रोतहरू पत्ता लाग्ने छन् ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज सामाजिक र राजनैतिक कार्यमा सफलता मिल्ने छ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्ने छ । पढाइमा पनि प्रगति हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
जोश, जाँगर र हिम्मत बढ्ने छ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । नयाँ अवसर आउनाले मन पनि प्रसन्न रहनेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज बोलीको प्रभावले कम सिद्ध हुनसक्छ । शुभ समाचार सुन्न पाइएला । ब्यापार व्यवसायबाट बिस्तारै सफलता र आम्दानी बढ्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज मानसिक शान्ति मिल्ने छ । नजिकको आफन्त वा मित्रसँग भेटघाट हुनेछ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ । शत्रु क्षय पनि होलान् ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७