२०७८ जेठ १७ गते सोमबारको तपाईको राशिफल


१७ जेष्ठ २०७८, सोमबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज आफन्तको प्रगतिमा मन रमाउने छ । नयाँ कार्यको योजना र रोजगारको अवसर मिल्ने छ । पुनर्मिलनको योग पनि रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
मिष्ठान्न भोजनको अवसर मिल्ने छ । सामाजिक कार्यमा रुची बढ्ने छ । दाम्पत्य जीवनमा आपसी माया एवं समझदारी कायम रहने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
विपरित वर्गबाट विशेष सहयोग मिल्ने छ । आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ । आकस्मिक उपहार प्राप्त हुनसक्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज कामको धपेडी भए पनि सफलता मिल्ने छ । प्रणय सम्बन्ध र पारिवारिक सम्बन्ध राम्रो हुनेछ । कुनै कुराले मन प्रसन्न रहने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
शैक्षिक एवं प्रतियोगितात्मक कार्यमा सफलता हात पर्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोश, जाँगर र उमङ्ग बढ्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
धर्म, कर्ममा तथा समाज सेवामा मन लाग्नुका साथै दैनिक कार्यमा प्रगति हुनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
गरेको कार्यमा वाधा आइपर्ला । व्यक्तिगत खुसीका लागि पनि केही खर्च हुनसक्छ । स्वास्थ्य एवं खानपानमा सजगता अपनाउनु होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शुभकार्यको चर्चा चल्ने छ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्ने छ । आँटेको र ताकेको कार्य पुरा होला । पढाइमा प्रगति हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज बिना प्रतिस्पर्धा फाइदा हुने योग छ । कुनै कुराले अनुहारमा चमक र मनमा शान्ति मिल्ने छ । नजिकको मित्रसँग भेटघाट पनि हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
एउटै कामबाट दोहोरो लाभ मिल्ने छ । बहुप्रतिक्षित काममा सफलता हात पर्नेछ । कुनै कारणवश रोकिएको कामले पनि गति लिनेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । मिलनसार साथीले नै विश्वासघात गर्न सक्छन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज लाभ, हानी, आय, व्यय, सुख, दुःख बराबरी खालको समय छ । सानातिना बाधा आइलागे पनि समस्या समाधान हुनेछ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७