श्रीदेवीको पार्थिव शरिर दुर्इसम्म यूएर्इमै, किन भो मुम्बर्इ ल्याउन ढिलार्इ ?


१४ फाल्गुन २०७४, सोमबार
sridevi died

मुम्बइ, १४ फागुन । भारतीय चलचित्र जगतकी चर्चित अभिनेत्री श्रीदेवीको पार्थिक शरीर सोमबार मुम्बइ ल्याइने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । चर्चित अभिनेत्री श्रीदेवीको शनिबार राति निधन भएको थियो ।sridevi died

संयुक्त अरब इमिरेट्समा आफन्तको वैवाहिक कार्यक्रममा सहभागी हुन गएका बेला शनिबार राति हृदयाघातका कारण उनको मृत्यु भएको थियो । अस्पतालले पोस्टमार्टम रिपोर्ट दिन ढिला गरेकोले उनको पार्थिक शरीरलाई सोमबार अपरान्हसम्म पनि मुम्बइ ल्याउन सकिएको छैन ।

सोमबार साँझसम्म उनको पार्थिक शरीरलाई मुम्बइ ल्याइने र साेमबार राति अबेर हुने भएकोले मंगलबार उनको अन्तिम संस्कार हुने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

‘डेथ सर्टिफिकेट’ प्राप्त नभएकोले ढिला भएको र त्यो प्राप्त गरेपछि स्वदेश पठाइने दुबइमा रहेको भारतीय दूतावासका अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुकाअनुसार संयुक्त अरब इमिरेट्सको स्थानीय समयाअनुसार अपराह्न ३ः३० बजे उहाँको पार्थिक शरीर आफन्तजनलाई दिने जानकारी अस्पतालले दिएको छ ।

उनको निधनको समाचारले भारतीय सिने जगतका साथै उनलाई मनपराउने सर्वसाधारणलगायत विदेशीसमेत स्तब्ध भएका छन् ।  साथै यस निधनप्रति भारतका चलचित्रकर्मी र शुभचिन्तकहरुले शोक व्यक्त गरेका छन् ।

चार वर्षको उमेरदेखि कलाकारिता क्षेत्रमा प्रवेश गरेकी श्रीदेवी ५४ वर्षको मात्र थिइन् । उनका मिस्टर इण्डिया, चाँदनी, मावली, तोफा, चालबाज, लमहे, खुदा गवाह, सद्मा जुदाईजस्ता निकै चर्चित तथा व्यावसायिकरुपमा सफल चलचित्रमा अभिनय गरेकी थिइन्

उनको जन्म सन् १९६३ को अगष्ट १३ मा भारतको तमिलनाडुमा भएको थियो । उनी यी चर्चितसहित डेढ सयभन्दा बढी चलचित्र रहेका छन् । चर्चित अभिनेत्री श्रीदेवी बालकलाकारको रूपमा चार वर्षको उमेरदेखि नै एक तमिल चलचित्रबाट कला जगतमा प्रवेश गरेकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७