उपत्यकामा जेठ मसान्तसम्म थपियो निषेधाज्ञा, खाद्यान्न पसल विहान ९ बजेसम्म खुल्ने


१९ जेष्ठ २०७८, बुधबार
kathamandu luckdawan 10 scaled

काठमाडौं, १९ जेठ । काठमाडौं उपत्यकामा निषेधाज्ञाको समय जेठ मसान्तसम्म थप गर्ने निर्णय भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले आज (बुधवार) निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका हुन् । अबजेठ ३१ सम्म उपत्यकामा निषेधाज्ञा लागु हुने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

पछिल्लो समय थप गरिएको जेठ १४ गतेदेखि २० गतेसम्मको निषेधाज्ञामा किराना पसलहरु पनि बन्द गरिएको थियो । अब भने किराना पसल बिहान ९ बजेसम्म खुला गर्ने निर्णय भएको भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले जानकारी दिए ।

त्यस्तै तरकारी, फलफूल, दुध डेरी, मासु, खानेपानी, ग्यास पसलहरु र डिपार्टमेन्टल स्टोर पनि बिहान ९ बजेसम्म खोल्न पाइने छ । त्यस्तै निर्माण कार्यका लागि ढुवानी हुने सवारी साधनलाई राती सञ्चालन गर्न पाउने व्यवस्था गरिएको छ । बैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुका लागि कुटनैतिक नियोग तथा अन्य निकायबाट हुने भिसा प्रकृयामा जिल्ला प्रशासन कार्यालयले सहजीकरण गर्ने निर्णय भएको पराजुलीले बताए । निषेधाज्ञामा अन्य क्षेत्र भने यसअघिकै व्यवस्था अनुसार नै बन्द रहने उनले जानकारी दिए । उपत्यका लगाइको निषेधाज्ञाकै कारण कोरोना संक्रमित घटेको भन्दै उनले निषेधाज्ञालाई पूर्ण रुपमा कार्यान्वयन गराइएने धारणा राखे ।

प्रमुख जिल्ला अधिकारी पराजुलीले आदेशको अवज्ञा गर्नेलाई कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०५८ अनुसार कारवाही हुने बताए ।

भिडियाे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७