कलाकार दिपकराज गिरी अपार्टमेन्ट खोज्दै, यस्तो छ छुट्टै अपार्टमेन्ट खोज्नुको कारण


१४ फाल्गुन २०७४, सोमबार
deepakraj

काठमाण्डौं, १४ फागुन : आफ्नो छुटै घर गृहस्थीमा रहेका हाँस्य कलाकार दिपकराज गिरी अहिले काठमाण्डौंमा अपार्टमेन्टको खोजीमा छन् । यो सुन्दा तपाईलाई अब गिरीले के गर्न लागे भन्ने मनमा लाग्न सक्छ । तर, कुरा सत्य हो । तर, उनले आफ्नो लागि नभएर भर्खर विवाह गरेका छोरी–ज्वाईंका लागि अपार्टमेन्ट खोजेका हुन् ।deepakraj

हाँस्य कलाकार दिपकराज गिरीको छोरी मौषमी गिरीको बिवाह फागुन १२ गते शनिबार भएको हो । गिरीले आफ्नो छोरीको बिवाह भब्यताको साथमा सम्पन्न गरेका छन् । नुवाकोटका सुशील पण्डितसँगको बिवाह भएको मौषमीको बिवाह राजधानीको बत्तिसपुलतीस्थित एक रेस्टुरेन्टमा गरिएको हो । उक्त बिवाहमा सेलिब्रेटीहरुको उपस्थिति थियो । दिपकाराज गिरीले आफ्नो छोरीलाई अपार्टमेन्ट दाइजो दिन लागेको स्रोतले जनाइएको छ । काठमाण्डौं नै बस्ने छोरी ज्वाईका लागि दिपकले ठिक्कको अपार्टमेन्ट खोजीरहेको स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७