युरोकप छनोटअघिको मैत्रीपूर्ण खेल : रुसले बुल्गेरियालाई हरायो


२३ जेष्ठ २०७८, आईतवार
ruusia 6DU5pZaIQJ

काठमाडौं, २३ जेठ । युरोकप छनोटअघिको मैत्रीपूर्ण खेलमा रुसले बुल्गेरियालाई हराएको छ । गए राति भएको खेलमा रुसले बुल्गेरियालाई १–० गोलले हरायो । उसका लागि सोभोलेभले ८४ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे । फिफा वरीयतामा रुस ३८ औं स्थानमा छ भने बुल्गेरिया ७१ औं स्थानमा रहेको छ ।

यस्तै गए राति नै भएको खेलमा वेल्स र अल्बानियाले गोलरहित बराबरी खेलेका छन् । विश्व वरीयतामा १७ औं स्थानको वेल्सले ६६ औं स्थानको अल्बानियालाई हराउन सकेन । यस्तै स्वीडेनले अर्मानियालाई ३–१ गोलले हराएको छ । युरोकप फुटबल आउँदो शुक्रवार रातिदेखि सुरु हुँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७