नेपाली फुटबल टोलीले एसियन कपको तेस्रो चरणमा, प्लेअफ खेल्न नपर्ने


२ असार २०७८, बुधबार
Nepal Football

काठमाडौं, २ असार । नेपाली राष्ट्रिय फुटबल टोलीले सिधै एफसी एसियन कप २०२३ को तेस्रो चरण खेल्ने भएको छ ।
चीन र कतारले विश्वकप छनोट तथा एसियन कपमा स्थान बनाएपछि समूहको चौथो स्थानमा रहने टोलीले पनि सिधै तेस्रो चरणमा स्थान बनाएको एसियाली फुटबल महासंघले जनाएको छ ।

फिफा विश्वकप छनोटका दोस्रो चरणका खेल सकिएसँगै एफसी एसियन कपमा छनोट हुने र प्लेअफ खेल्ने टोलीको टुङ्गो लागेको हो । एफसीको परिमार्जित नियम अनुसार दोस्रो स्थान हासिल गर्नेमध्य पुछारका तीन टोली तथा तेस्रो र चौथो स्थान हासिल गर्ने समान ८ टोलीले एसियन कप छनोटको तेस्रो चरणमा स्थान बनाएमा हुन् ।

200784322 290514346110614 5956188237029214893 n

विश्वकप छनोटमा चौथो स्थानमा रहेका २५ देखि ३२ वरियतासम्मका टोलीले तेस्रो चरण खेल्न पाउने छन् । जसले गर्दा नेपालले अब प्ले अफ खेल्न नपर्ने भएको छ । नेपालसहित थाइल्याण्ड, सिंगापुर, मंगोलिया, अफगानिस्तान, हङकङ, मालदिभ्स र श्रीलंकाले तेस्रो चरण खेल्ने छन् ।

विश्वकप छनोटमा सहभागी १३ टोलीले एफसी कपको दोस्रो चरण खेल्ने टोलीको टुङगो लागेको छ । विश्वकप छनोटको तेस्रो स्थानमा रहेका १७ देखि २४ वरीयतासम्मका ८ टोलीले तेस्रो चरण खेल्ने छन् । विश्वकप छनोटको पाँचौ स्थानमा रहेका शीर्ष ४ टोलीले पनि तेस्रो चरणमा स्थान बनाएका छन् । एशियाली वरियतामा ३६ देखि ३९ सम्म रहेका ४ टोलीले एशियन कपको प्लेअफ छनोट खेल्ने छन् ।

39307fe5 0b04 4a68 8b68 9e0ad6489d04

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७